Latest News
Kathmandu

खानीखोला हाइड्रो पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

खानीखोला हाइड्रो पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौं । खानीखोला हाइड्रो पावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गर्न लागेको छ । त्यस कारण आज (बिहिबार) सम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनी हरुले मात्रै कम्पनीले जारी गर्ने हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डबाट असार १० गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो । कम्पनीले १ः१ अनुपातमा प्रति शेयर १०० रुपैयाँ दरका ४६ करोड ५७ लाख १४ हजार कित्ता साधारण शेयर हकप्रद निष्कासन गर्नेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल रहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
माओवादीको पदाधिकारी बैठक आज बस्दै
पछिल्लो समाचार →
निफ्राको हरित उर्जा ऋणपत्र आज देखि कारोबारमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *