
काठमाडौं । यसवर्ष राजस्व संकलन १ खर्ब २० अर्ब रुपैयाँले वृद्धिभएको छ ।
अर्थ मन्त्रालयकाअनुसार गतवर्ष भन्दायसवर्ष १ खर्ब २० अर्ब रुपैयाँले राजस्वमा वृद्धिभएको हो । गतवर्षको तुलनामा यो वृद्धि ११.३३ प्रतिशतले धेरै हो ।
गतआर्थिक वर्ष (आव) २०८१÷०८२ मा११खर्ब ७८ अर्ब ८२ करोडरुपैयाँ राजस्व संकलनभएको छ ।त्यसअघिआव२०८०÷०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँराजस्व संकलनभएको थियो ।
सरकारले आव२०८१÷०८२ मा १४ खर्ब १९ अर्ब रुपैयाँराजस्व संकलन गर्ने लक्ष्यराखेको भएपनिवार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्ब रुपैयाँको लक्ष्य तय गरिएको थियो । संशोधितलक्ष्यअनुसार ९१.६० प्रतिशत राजस्व संकलनभएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका राजस्वमहाशाखाप्रमुखउत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनिअघिल्लो आवकोतुलनामाउत्साहजनक रुपमा राजस्व संकलनभएको बताए । उनले भने,‘तयारी सुरु गरिसकेका छौं । चालू आवमाराजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघिबढ्नेछौं ।’
चालूआवमा१३ खर्ब १५ अर्ब रुपैयाँराजस्व संकलनको लक्ष्य छ । आव२०७१÷०७२ मा ४ खर्ब ५ अर्ब, २०७२÷०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३÷०७४ मा ६ खर्ब ९ अर्ब, २०७४÷०७५ मा७खर्ब २६ अर्ब, २०७५÷०७६ मा ८ खर्ब २९ अर्ब रुपैयाा राजस्व संकलनभएको थियो ।
त्यसैगरी २०७६÷०७७मा७खर्ब ९३ अर्ब, २०७७÷०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८÷०७९ मा १० खर्ब ६६ अर्ब, २०७९÷०८० मा ९ खर्ब ५७ अर्ब र२०८०÷०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलनभएको थियो ।