Latest News
Kathmandu

हेटौंडामा चोरीको स्कुटरसहित एक जना पक्राउ

हेटौंडामा चोरीको स्कुटरसहित एक जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर मन्दिरबाट चोरी गएको स्कुटरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। हेटौंडा–२ बस्ने ६० वर्षीय सुमनलाल श्रेष्ठको नाममा दर्ता भएको ना १८ प ५३३८ नम्बरको स्कुटर मिति २०८२।०८।०३ गते बिहान ५स्४० बजे चोरी भएको भनी परेको उजुरीपछि प्रहरीले खोजतलास सुरु गरेको थियो।

अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडा–९ बस्ने ३७ वर्षीय रितेश श्रेष्ठलाई सोही स्कुटरसहित फेला पारेर पक्राउ गरेको हो। उनलाई चोरी मुद्दामा म्याद अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराका अनुसार प्रारम्भिक अनुसन्धानमा स्कुटर चोरीमा रितेश श्रेष्ठको संलग्नता पुष्टि भएकाले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । उनले घटनामा अन्य व्यक्तिको संलग्नता रहेको सम्भावनालाई पनि अनुसन्धानको दायरामा राखिएको जानकारी दिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बकैया गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन
पछिल्लो समाचार →
ठूलो परिमाणमा लागुऔषध ट्रामाडोलसहित अटो चालक पक्राउ

Leave a Comment

Your email address will not be published. Required fields are marked *