Latest News
Kathmandu

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं ।
मानव अधिकार घोषणापत्र पारित भएको ऐतिहासिक दिनको स्मरणका लागि आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विश्वभर मनाइँदैछ।
प्रत्येक वर्ष डिसेम्बर १० मा यो दिवस मनाउने गरिएको छ।

सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको दिनकै सम्झनामा यो दिवस मनाइन्छ। उक्त घोषणापत्र विश्वकै सबैभन्दा धेरै भाषामा अनुवादित घोषणा पत्र मानिन्छ। पछिल्लो तथ्यांकअनुसार यो ५ सयभन्दा बढी भाषामा अनुवादित भइसकेको छ।

यस वर्षको दिवसको नारा ‘हाम्रा दैनिक आवश्यकताहरू’ रहेको छ।
मानव अधिकार भनेको जन्मसँगै मानिसले पाउनु पर्ने आधारभूत अधिकारहरू हुन्। सम्मानित जीवनका लागि आवश्यक सबै आधारभूत आवश्यकताहरू मानव अधिकारभित्र पर्दछन्।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आयुषा पोखरेलको पहिलो निर्माण ‘घर…एक सपना’, अब OTT मा दर्शकको हात हातमा
पछिल्लो समाचार →
अन्तर्राष्ट्रिय पर्वत दिवस विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदै

Leave a Comment

Your email address will not be published. Required fields are marked *