Latest News
Kathmandu

नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट

नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट

१० माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमण पुष्टि भएका मध्ये ८८ प्रतिशतमा नयाँ भेरिएन्ट ओमिक्रोन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालमा एस जीन पोजेटिभ भएका ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ वटा नमुनामा ओमिक्रोन र चार नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

एस जीन पोजेटिभ भएका ८८ प्रतिशतमा ओमिक्रोन पुष्टि भएको उनले जानकारी दिए । यो नतिजा हेर्दा नेपालमा पनि अन्य मुलुकमा जस्तै ओमिक्रोन भेरियन्टले डेल्टालाई प्रतिस्थापन गरेको डा.अधिकारीको भनाइ छ ।

थप
कस्ता कोभिड सङ्क्रमित बस्न सक्छन् घरमै एकान्तबास ?
घरमै एकान्तबासमा बसेकाहरूले यी कुरामा पुर्‍याउनुपर्छ विशेष ध्यान

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
संघर्षले खारिएका ‘हेड सर’
पछिल्लो समाचार →
कर्मचारीमा कोरोना देखिएपछि ललितपुर महानगरका सेवा ठप्प

Leave a Comment

Your email address will not be published. Required fields are marked *