Latest News
Kathmandu

कर्मचारीमा कोरोना देखिएपछि ललितपुर महानगरका सेवा ठप्प

कर्मचारीमा कोरोना देखिएपछि ललितपुर महानगरका सेवा ठप्प

१० माघ, ललितपुर । ललितपुर महानगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजदेखि अत्यावश्यक बाहेकका सेवा पाँच दिन ठप्प हुने भएका छन् । महानगरले आइतबार विज्ञप्तिमार्फत् अत्यावश्यक बाहेक सेवा बन्द गर्ने जानकारी दिएको हो ।

महानगरले स्वास्थ्य सेवा, दमकल, शव वाहन, एम्बुलेन्स, सरसफाइ र नगर  प्रहरी लगायतका सेवा भने सुचारू रहने जनाएको छ ।  कर्मचारीमा कोरोना संक्रमण देखिएको र हाल उनीहरू उपचार तथा आइसोलेसनमा रहेकाले सबै सेवा बन्द गर्नु परेको महानगरले विज्ञप्तिमा उल्लेख गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट
पछिल्लो समाचार →
गण्डकी प्रदेशमा तीन सातामा ३०० स्वास्थ्यकर्मी सङ्क्रमित

Leave a Comment

Your email address will not be published. Required fields are marked *