Latest News
Kathmandu

साँखु बस दुर्घटना : मृतक संख्या पाँच पुग्यो, २३ जना घाइतेको उपचार जारी

साँखु बस दुर्घटना : मृतक संख्या पाँच पुग्यो, २३ जना घाइतेको उपचार जारी

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हालसम्म २३ जना घाइतेको उपचार भइरहेको छ भने पाँच जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।

प्रहरीले दुर्घटनामा ज्यान गुमाउने पाँचै जनाको पहिचान खुलेको जनाएको छ। मृत्यु हुनेमा कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङकी ५१ वर्षीया इन्दिरा लिम्बु, काठमाडौँको पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता, पाँचथर घर भई गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बु र काठमाडौँ जोरपाटी बस्ने ६० वर्षीय अर्जुन लामिछाने रहेका छन्। यसअघि गएराति तीन जनाको मात्र पहिचान खुलेको थियो।

बुधबार साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्लस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका यात्रुहरूको शङ्खरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ केयर अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
रौतहटमा धान उत्पादनमा २१ हजार मेट्रिक टनले गिरावट, किसान चिन्तित
पछिल्लो समाचार →
रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

Leave a Comment

Your email address will not be published. Required fields are marked *