Latest News
Kathmandu

मानव अधिकार आयोगले भन्यो : नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुनुस्

मानव अधिकार आयोगले भन्यो : नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुनुस्

१० माघ, काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोन बढेसँगै नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ ।

कोरोना रोकथामका तयारी र प्रयासहरुका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले सोमबार सरकारका अधिकारीहरुसँग छलफल गर्दैं यस्तो आग्रह गरेको हो ।

छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगरले सबै नागरिकहरुका लागि खोपको सहज उपलब्धता हुनुपर्ने, बिनाखोप कार्ड सार्वजनिक स्थलमा प्रवेश गर्न नपाइने व्यवस्थाले सर्वसाधारणको मानव अधिकारको उपभोगमा पर्ने असर, सिटामोललगायतका औषधिको अभाव, सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्दा भीड झनै बढ्न सक्ने अवस्था र सीमा क्षेत्रमा आवतजावतको व्यवस्थापनलगायतका विषयमा थप ध्यान पुर्‍याउन निर्देशन दिए।

कोभिड–१९ को तेस्रो लहर नियन्त्रणका लागि नेपाल सरकारको योजना, अस्पतालहरूको क्षमता, सार्वजनिक यातायातमा लगाइएको जोर विजोर प्रणाली, बुस्टर डोज र बालबालिकालाई दिइने खोपमा पहुँच, अत्यावश्यक वस्तुमा सर्वसाधारणको सहज पहुँच, औषधिको कृत्रिम अभाव हुन नदिन गरिनुपर्ने अनुगमन तथा कानूनी कारवाही, सर्वसाधारणको जानकारीको लागि प्रभावकारी र सही सूचना प्रवाहबारे छलफलमा जानकारी लिइएको आयोगले जनाएको छ ।

यस्तै तेस्रो मुलुकबाट नेपाल प्रवेश गरेका व्यक्तिहरूको सेल्फ क्वारेन्टाइन तक्था अनुगमन व्यवस्था, सीमा क्षेत्र तथा स्थानीय तहहरुमा सञ्चालनमा रहेको होल्डिङ सेन्टर, क्वारेन्टाइन तथा आइसोलेसन केन्द्रहरुको अवस्था, सार्वजनिक सेवाको लागि खोप कार्ड अनिवार्य गर्ने व्यवस्थाले सेवाग्राहीहरुको मानव अधिकारहरुको उपभोगमा पर्ने असर तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका अग्रपंक्तिमा खटिने कर्मचारीहरुको मनोबल उच्च राख्न उनीहरुले पाउनुपर्ने सेवासुविधाको उपलब्धता विषयमासमेत आयोगले जानकारी लिएको थियो ।

हेर्नुस् मानव अधिकार आयोगको विज्ञप्ति 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
शेयर बजारमा पहिरो, १०० अंकले घट्यो परिसूचक
पछिल्लो समाचार →
नेपालमा आज : कोरोनाविरुद्धको खोपमा तिब्रतासँगै किन चुलिदैछ व्यापार घाटा ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *