Latest News
Kathmandu

यी स्थानहरुमा आज चट्याङ सहित वर्षा र हिमपातको सम्भावना

यी स्थानहरुमा आज चट्याङ सहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसका कारण कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भूभागमा आंशिक बादल लागेको छ । साथै बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ।

सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

साथै, महाशाखाका अनुसार आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राती भने तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सडक विभागद्वारा मिनभवन अगाडि सरसफाइ (तस्विरहरू)
पछिल्लो समाचार →
आज सरस्वती पूजा, देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै

Leave a Comment

Your email address will not be published. Required fields are marked *