Latest News
Kathmandu

बागमती र गण्डकीको उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना

बागमती र गण्डकीको उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कोशीबागमती प्रदेशको तराईका साथै मधेश प्रदेश लगायतका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा तुँवालो लागेको छ ।

आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

आज राति पनि हिमाली क्षेत्रमा साधारणतया बदली रहने तथा तराईका थोरै स्थानमा तुँवालो रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
पछिल्लो समाचार →
📍 सुनसान लुक्ला र नाम्चे बजार (तस्विरहरू)

Leave a Comment

Your email address will not be published. Required fields are marked *