काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना रहेको छ। साथै, कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने महाशाखाले जनाएको छ भने अन्य पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ।
महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ। तर, कोशी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति पुनः तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना रहेको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

Leave a Comment