Latest News
Kathmandu

टी-२० आई सिरिजमा न्युजिल्यान्डसँग भारतको जित

टी-२० आई सिरिजमा न्युजिल्यान्डसँग भारतको जित

काठमाडौं । भारतले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा लागतार तेस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा भारतले न्यूजील्याण्डलाई ८ विकेटले पराजित गरेको हो । न्यूजील्याण्डले दिएको १५४ रनको लक्ष्य पछाएको भारतले १० ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

भारतका जसप्रित बुमराहले ३ तथा रवि बिश्नोई र हार्दिक पाण्ड्याले समान २ विकेट झारे । सुरुआतमै हर्षित राणाले विकेट लिएपछि भारतले खेलमा नियन्त्रण बनाएको थियो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक ४८ रन बनाए ।

लक्ष्य पछ्याउने क्रममा भारतले आक्रामक सुरुआत गर्यो। सन्जु स्यामसन पहिलो बलमै आउट भए पनि इशान किशन र अभिषेक शर्माले लगातार चौका–छक्का प्रहार गर्दै खेलमा नियन्त्रण बनाए । १९ बलमै ५३ रनको साझेदारी गरे ।

अभिषेक शर्माले मात्र १४ बलमा अर्धशतक पूरा गर्दै भारतको दोस्रो छिटो टि ट्वान्टी अर्धशतक बनाएका हुन्। उनले चारैतिर आकर्षक प्रहार गरे ।
किशन १३ बलमा ३ चौका र २ छक्कामा २८ रन बनाएर आउट भएपछि सूर्यकुमार यादव मैदानमा आएर अभिषेकसँग मिलेर खेल सहजै समाप्त गरे । सूर्यकुमारले २६ बलमा ५७ रन र अभिषेक ६८ रनमा नटआउट रहे ।

अभिषेकले २० बलमा ७ चौका र ५ छक्का प्रहार गरे। सूर्यकुमारले ६ चौका र ३ छक्का प्रहार गरे । भारतले २ विकेटको क्षतिमा १० ओभरमा १ सय ५५ रन बनाएर जित निकालेको हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : जित्नैपर्ने दबाबका साथ नेपालले स्कटल्यान्डको सामना गर्दै
पछिल्लो समाचार →
कमाने प्रिमियर लिग : एक्सपर्ट भिजन–११ को पहिलो जित

Leave a Comment

Your email address will not be published. Required fields are marked *