पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमामा विशेष पूजाअर्चना सहित समापन भएको छ।
आजका दिन व्रतालुहरूले १०८ यज्ञोपवित, १०८ सुपारी, १०८ पान, १०८ पुष्प, १०८ रोटी, १०८ अक्ष्यत लगायत पूजा सामग्री प्रयोग गरी आफूले चिताएको मनोकामना पूरा होस् भनी स्वस्थानी देवीको पूजा र विसर्जन गरेका छन्।
सालिनदी मेलाको एक महिने विशेष मेला पनि आजै समापन भएको छ। ठूलो संख्यामा श्रद्धालुहरूको सहभागिता रहेको यस मेलाले धार्मिक र सांस्कृतिक महत्व कायम राखेको छ।






































Leave a Comment