रामेछाप । सिन्धुली प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्लाको कमलामाई नगरपालिका–९, भिमानस्थित चेकपोष्टमा नियमित सवारी जाँचका क्रममा शंकास्पद गतिविधि देखिएपछि सूक्ष्म जाँच गर्दा प्रतिबन्धित इन्जेक्सनहरू फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
शनिबार राति इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको ट्राफिक टोली र लागुऔषध नियन्त्रण ब्युरो, बर्दीबासको संयुक्त टोलीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको इभी हाईस भ्यानलाई रोकेर जाँच गर्दा एक जना पक्राउ परेका हुन्।
पक्राउ पर्ने व्यक्ति:
-
नाम: दीप नारायण साह
-
उमेर: करिब ४८ वर्ष
-
ठेगाना: महोत्तरी जिल्ला, मठियानी नगरपालिका–८
जाँच क्रममा कालो रङको झोलाभित्र पहेँलो टेपले बेरिएका तीन पोका फेला परेका थिए। पोकामा विभिन्न प्रकारका इन्जेक्सनहरू लुकाइछिपाइ राखिएको पुष्टि भएको छ।
बरामद सामग्री:
-
बुप्रेनोर्फिन इन्जेक्सन – ३०० पिस
-
डायजेपाम इन्जेक्सन – ३०० पिस
-
प्रोमेथाजिन इन्जेक्सन – ३०० पिस
प्रहरीले प्रारम्भिक अनुसन्धानमा ती इन्जेक्सनहरू अवैध रुपमा ओसारपसार भइरहेको आशंका गरेको जनाएको छ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरेर आरोपीलाई इलाका प्रहरी कार्यालय भिमानमा राखिएको छ भने बरामद लागुऔषधको स्रोत, गन्तव्य र अन्य संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान तीव्र पारिएको छ।

Leave a Comment