काठमाडौं । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर उपचार सेवा उपलब्ध हुने भएको छ।
आइतबार प्रतिष्ठानमा आयोजित कार्यक्रमकाबीच प्रतिष्ठान र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्साल र बीपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलबीच क्यान्सर उपचारको सेवा विस्तार र आवश्यक जनशक्ति आदान–प्रदान गर्ने विषयमा सम्झौता भएको जनाएको छ।
यस सम्झौता कार्यान्वयन भएपछि साविक राप्ती अञ्चल तथा पश्चिम नेपालको नागरिकहरू लाभान्वित हुनेछन् र यस क्षेत्रमा स्वास्थ्य सेवा विस्तारका लागि थप सहयोग पुग्ने विश्वास प्रतिष्ठानले व्यक्त गरेको छ।

Leave a Comment