मोरङ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उर्लाबारीमा निर्वाचन सुरक्षाका लागि प्रहरी तालिम र नाम दर्ता प्रक्रिया सुरु गरिएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीमा निर्वाचन सुरक्षामा खटिने प्रहरीहरूको नाम दर्ता कार्य हाल जारी छ।
निर्वाचन सुरक्षासम्बन्धी तालिममा कुल २ सय ४२ जना प्रहरी सहभागी भएका छन्। सहभागीमध्ये १ सय ९२ जना पुरुष प्रहरी र ५० जना महिला प्रहरी रहेका छन्।
तालिम सम्पन्न भएपछि ती प्रहरीहरूलाई विभिन्न मतदान केन्द्र तथा सुरक्षा संवेदनशील क्षेत्रहरूमा परिचालन गरिने बताइएको छ। यस तालिमले निर्वाचनको शान्ति, सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।












Leave a Comment