
नदिको किनारमा सुनसान बसेको
त्यो घाटलाई नियाल्दा लाग्छ ।
मौनताभित्र घाट चिच्यारहेछ
लाखौँ मानिसका अन्त्यका कथा ।
होलान कसैका कथा अत्यास लाग्दा
कसैका होलान कहालि लाग्दा र
कसैका होलान खुसिका पनि ।
घाट भन्दो हो, सबैको अन्तिम गन्तव्य
म सम्म न हो आखिर केलाई गर्छौ?घमण्ड
तिम्रो जीवनको अन्तिम विश्रामस्थल म न हुँ
आखिर कति गर्छौ भागदौड?
जलिरहेको लास रोइरहेका आफन्त जलाइरहेका मलामी
हेर्दै घाट पनि सोच्दो हो, आखिर मानिसको जीवन यहि त रहेछ
दुई भारी दाउरा एक तिली सलाई अनि खरानी ।
लेखकः प्रकाश न्यौपाने ”अविरल” स्याङ्गजा, हाल काठमाडौँ ।