Latest News
Kathmandu

कविता “घाटलाई नियाल्दा”

कविता “घाटलाई नियाल्दा”

नदिको किनारमा सुनसान बसेको

त्यो घाटलाई नियाल्दा लाग्छ ।

मौनताभित्र घाट चिच्यारहेछ

लाखौँ मानिसका अन्त्यका कथा ।

होलान कसैका कथा अत्यास लाग्दा

कसैका होलान कहालि लाग्दा र

कसैका होलान खुसिका पनि ।

घाट भन्दो हो, सबैको अन्तिम गन्तव्य

म सम्म न हो आखिर केलाई गर्छौ?घमण्ड

तिम्रो जीवनको अन्तिम विश्रामस्थल म न हुँ

आखिर कति गर्छौ भागदौड?

जलिरहेको लास रोइरहेका आफन्त जलाइरहेका मलामी

हेर्दै घाट पनि सोच्दो हो, आखिर मानिसको जीवन यहि त रहेछ

दुई भारी दाउरा एक तिली सलाई अनि खरानी ।

लेखकः प्रकाश न्यौपाने ”अविरल” स्याङ्गजा, हाल काठमाडौँ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बालबालिकामा हात, खुट्टा र मुखसम्बन्धी रोगहरू सामान्य
पछिल्लो समाचार →
सिड्नीमा एक नेपाली युवतीलाई कारले दियो ठक्कर, अवस्था चिन्ताजनक

Leave a Comment

Your email address will not be published. Required fields are marked *