Latest News
Kathmandu

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

सर्लाही । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा यमुनामाई गाउँपालिका–४ सरुअठा निवासी २४ वर्षीय जितेन्द्र साह र उनकी २१ वर्षीया पत्नी रहेका छन् ।

दुर्गाभगवती गाउँपालिका–४ अन्तर्गत पर्ने गौर–गंगापिपरा सडकखण्डको झाझपुल नजिक आज बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । उपचारकै क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहट ले जानकारी दिएको छ ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
तस्विरमा दोलखाको खरी ढुंगा
पछिल्लो समाचार →
स्वयम्भू महाचैत्य वरिपरिका दृश्यहरू

Leave a Comment

Your email address will not be published. Required fields are marked *