युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौँ । एक साता भो नायिका केकी अधिकारी आइसोलेसनमा बसेको । कारोना संक्रमण भएपछि घरमा ‘आइसोलेट’मा रहेकी केकीका लागि कोरोना संक्रमण थकाइ मार्ने अवसर बन्यो । संक्रमणकालीन अवस्थालाई पनि उनले उपलब्धिका रूपमा लिइन् । दुई दिनअघि मात्रै महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘म्हेन्दु’ पढिन् । २०१५ सालमा प्रकाशित सो खण्डकाव्य अन्य कृतिभन्दा कम चर्चा पाएको कृति मानिन्छ । मुनामदन, कुञ्जिनी, मैनाको तुलनामा कम चर्चा पाएको सो कृति उनले बाबा (निर्देशक बद्री अधिकारी)को सिफारिसमा पढेकी थिइन् ।

‘देवकोटाका अन्य पुस्तकहरू पढे पनि ‘म्हेन्दु’ पढेको थिइनँ । बाबाको सिफारिसमा पढें,’ उनले भनिन् । अन्य कृतिको तुलनामा ‘म्हेन्दु’ बुझ्न अलि समय लागेको उनले सुनाइन् ।

हरेक किताबका आआफ्नै विशेषता हुन्छन् भन्ने बुझेकी केकी कुनै पनि किताब पढ्नुअघि पुस्तकका विषयमा बाबासँग राय लिन्छिन् । ‘म किताब पढेर रिक्स लिन सक्दिनँ । त्यसकारण बाबालाई सोधेर मात्रै पढ्छु,’ उनले भनिन् ।

त्यति मात्रै होइन, उनी कुनै किताब किनेर ल्याएपछि पहिला बाबालाई नै पढ्न दिन्छिन् । बाबाले ‘यो ठिक छ पढ्नु’ भनेपछि मात्रै पढ्छिन् । ‘फिल्म झुरै भए पनि हेर्न सक्छु तर अगतिलो किताब पढन गाह्रो हुन्छ,’ किताब छान्ने तरिका उनले सुनाइन् । जब कुनै किताब पढिसकेपछि आफूलाई चित्त बुझ्छ, त्यसपछि उनी आमपाठकलाई पढ्नका लागि आग्रह गर्दै सामाजिक सञ्जालमा सेयर पनि गर्छिन् ।

नेपालमा प्राविधिक, भौतिक पूर्वाधारलगायका विषयमा विकास हुँदै गए पनि पठन संस्कृतिको विकास यथोचित नभएकामा भने उनलाई नमज्जा लाग्छ । पठन संस्कृतिको विकास नहुनुमा हाम्रो स्कुल, कलेजको शैक्षिक प्रणालीमा त्रुटि देख्छिन् उनी । ‘केही स्कुल कलेजमा त कोर्सबाहेकका पुस्तक पनि पढनुपर्छ भन्ने संस्कार सुरु भएको छ । तर, प्रायःमा कोर्स केन्द्रित पुस्तकमा मात्रै विद्यार्थीलाई केन्द्रित गराउने प्रवृत्तिले युवापुस्तामा पठन संस्कृति विकास हुन सकेको छैन,’ पठन संस्कृति नबढनुका कारण उल्लेख गरिन् ।

त्यसो त पठन संस्कृति बढाउन अभिभावकको पनि भूमिका हुनुपर्छ । हाम्रो मुलुकमा अभिभावकमा त्यो संस्कार नभएको अनुभव गरेकी यी नायिका पढ्ने चलन नबढ्नुमा व्यक्तिलाई दोष दिन चाहन्नन् । ‘पढ्ने संस्कार नबढ्नुमा व्यक्ति विशेषलाई दोष दिन्न । हाम्रो जीवनशैलीमै खराबी देख्छु म,’ उनले भनिन् । अमेरिकालगायत अन्य कतिपय मुलुकमा जाँदा लाइब्रेरीमा भिड देखेकी केकी ट्रेनमा यात्रा गर्ने युवा युवतीको हातमा बाक्लो किताब देख्दा निकै लोभिइन् ।

केकीकाे किताबमोह बुझेकी रिमाले किताब खोज्न सिंगै काठमाडौं चहारिन् तर ‘नर्वेजियन उड’ पाइनन् । त्यसको सट्टामा रिमाले मिचेल ओबामाको बायोग्राफीसहित अरू दुईटा किताब किनेर हर्जना तिरिन् ।

पुस्तक नै जीवनको अभिन्न साथी हो भन्ठान्ने केकीलाई पुस्तकको औधी माया लाग्छ । उनको घरमा आफ्नै पुस्तकालय छ । पढेपछि पुस्तक जतनले राख्छिन् । उनको बुझाइ पढेर -याकमा राखेको किताव जीवनकै एउटा महत्वपूर्ण अंग बनिसकेको हुन्छ । त्यसको मूल्यभन्दा पनि त्यो किताबको खोजीमा दिएको समय बढी महत्वपूर्ण लाग्छ उनलाई । कतिपय साथीहरू आउँछन्, मिल्ने साथीहरूको पहुँच पुस्तकसम्मै हुन्छ । पुस्तकप्रति चासो राख्ने साथीहरूले उनको पुस्तकालयमा आँखा लगाउँछन् । पढेर फिर्ता गर्छु भन्दै माग्छन् । नाई भन्न सक्दिनन्, दिन्छिन् । आफूसँग लगेको पुस्तक फिर्ता नगरेपछि एउटी साथीलाई त हर्जना नै तिराइछन् उनले ।

मुराकानीको ‘नर्वेजियन उड’ भन्ने पुस्तक पढ्दै थिइन् । रिमा विश्वकर्मा आइपुगिन् । रिमा पनि अर्की पुस्तकप्रेमी नायिका हुन् । उनी पुस्तक किनेर पढ्ने नायिकाकै रूपमा चिनिन्छिन् । ‘म पढेर फिर्ता गर्छु’ भन्दै रिमाले नर्वेजियन उड लगिन् । साता बित्यो, महिना बित्यो । पुस्तक फिर्ता आएन । ‘रिमाको नियत खराब थिएन सायद उनले हराइन् वा मलाई फिर्ता दिएको भन्ठानिन् तर मैले किताब पाएको थिइनँ,’ उनले भनिन् ।

त्यसपछि उनले रिमासँग आफ्नो किताबका सन्दर्भमा चासो राखिन् । उनको किताबमोह बुझेकी रिमाले किताब खोज्न सिंगै काठमाडौं चहारिन् तर ‘नर्वेजियन उड’ पाइनन् । त्यसको सट्टामा रिमाले मिचेल ओबामाको बायोग्राफीसहित अरू दुईटा किताब किनेर दिइन् ।

आफ्नै साथीलाई हर्जना तिराएकी केकी साथीभाइको जन्मोत्सवलगायतका कार्यक्रममा उमेरअनुसारको पुस्तक उपहार दिने गर्छिन् । त्यसरी पुस्तक उपहार दिँदा कतिपयले नाक खुम्च्याएको महसुस गरेकी छन् उनले । ‘म बुझ्छु कतिपय व्यक्ति किताब उपहार पाउँदा त्यति धेरै खुसी हुनुहुन्न जति खुसी उपहारमा पाएका अन्य वस्तु हेरेर हुनुहुन्छ,’ उनले भनिन् ।

पुस्तकबिनाको जीवन कल्पनै गर्न सक्दिनन् केकी । ‘आँखा भएर पनि हेर्न नसकेको जस्तो हुन्छ होला,’ उनले अनुमान गरिन् । उनको बुझाइमा हरेक मान्छेले पुस्तक पढ्नैपर्छ । नपढी हुँदै हुँदैन । किताब नपढी जीवन जगत बुझिँदैन । फिटिक्कै पढ्न मन नलाग्नेहरूलाई उपाय सुझाउँछिन् । उनको भनाइअनुसार सबैभन्दा पहिला छोटा कथाहरूबाट पढन सुरु गर्न सकिन्छ । छोटो कथा थोरै समयमा पढेर सकिन्छ भने पढिसकेपछि केही न केही पाइन्छ पनि । अर्को पनि उपाय छ । कोही पनि मान्छे ओछ्यानमा पल्टिनेबित्तिकै निदाउँदैन । हरेक दिन निदाउनुअघि १० पन्ना मात्रै पढ्ने बानी बसाल्ने हो भने अम्मली पाठक बन्न धेरै दिन लाग्दैन ।

पुस्तकले मान्छेको जीवनमा परिवर्तन ल्याउने ठोकुवा गर्दै केकी भन्छिन्, ‘तपाइहरू नियमित किताब पढ्नुस्, यदि पाँच वर्षमा तपाईंको जीवनमा परिवर्तन आएन भने मलाई भन्नुहोला ।,’

आफनो उमेर र रुचिअनुसार पुस्तक छनोट गरेपछि पढ्दा पनि स्वाद आउने धारणा राख्ने यी नायिका सुरुमै देवकोटाको कृति नपढ्न सुझाव दिन्छिन् । किनकि देवकोटाका सबै कृति सहजै नबुझिन सक्छ । बुद्धिसागरको फिरफिरे सजिलै बुझ्न सकिने धारणा राख्ने केकी प्रेमप्रसंग मनपर्नेका लागि समर लभ टाइपको कृति पढन सुझाव दिन्छिन् । अमर न्यौपानेको ‘सेतो धर्ती’को सेन्टिमेन्टले पाठकलाई तान्छ भन्ने उनलाई लागेको छ ।

पुस्तकले मान्छेको जीवनमा परिवर्तन ल्याउने ठोकुवा गर्दै केकी भन्छिन्, ‘तपाइहरू नियमित किताब पढ्नुस्, यदि पाँच वर्षमा तपाईंको जीवनमा परिवर्तन आएन भने मलाई भन्नुहोला ।,’

नेपालमा सबैभन्दा धेरै आलोचना हुने गरेको छ राजनीतिज्ञको । हाम्रो समाजमा ‘नेगेटिभ साइट अफ स्टोरीलाई बढी हाइलाइट’ गरेजस्तो लाग्छ उनलाई । विभिन्न दलका नेताहरूको अन्तर्वार्ता हेरेकी, भाषण सुनेकी केकी भन्छिन्, ‘हामीले भन्दा धेरै राजनीतिज्ञले जनलय, जनसरोकार र समाज बुझ्न जरुरी छ र उहाँहरूले त्यो बुझ्नुभएको छ । उहाँहरूको भाषणमा म पुस्तकको प्रभाव पाउँछु ।’

राजनीतिमा लागेको थोरै नढ्ने व्यक्तिको उदाहरण लिएर धेरैका सन्दर्भमा नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति चित्त बुझेको छैन उनलाई । उनी भन्छिन्, ‘समाज नबुझी नेता हुनै सकिँदैन, समाज बुझ्नका लागि किताब पढ्नैपर्छ । हाम्रा राजनीतिज्ञले पढ्ने गर्नुभएको छ । उहाँहरूको प्रस्तुतिमा त्यो देखिन्छ ।’ कार्यव्यस्तताको कारण पढ्ने बानी छुटेको भए पढ्न सुझाव चाँहि दिन्छिन् उनी ।

कतिपय पुस्तक विमोचन कार्यक्रममा अतिथि बनेर सहभागी भएकी केकीको अमर न्यौपाने, बुद्धिसागरलगायतसँगबेला मौकामा साहित्यिक शिष्टाचारका विषयमा कफी मिटिङ हुन्छ ।

कुनै समय साहित्यकार रमेश विकलसँग अत्यन्त निकट थिइन् उनी । विकलको छोरीसँग उनको फुपुले मित लगाएकी थिइन् । मितेरी साइनोको प्रभाव उनको बाबामा परेको थियो । विकल र उनको बाबाको आउजाउसँगै उनी पनि विकलसँग नजिकिएकी थिइन् । आफूमा पुस्तकप्रतिको मोह यति धेरै हुनुमा विकलको छत्रछाया पनि हो जस्तो लाग्छ । ‘विकलको छात्रछायाको प्रभाव मेरो बाबामा प-यो, बाबाको प्रभाव ममा,’ उनले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित ख