Latest News
Kathmandu

संविधानसभा सदस्य डा. दुमनसिंह थापाको निधन

संविधानसभा सदस्य डा. दुमनसिंह थापाको निधन

बुटवल । संविधान सभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन भएको छ ।

केही समय अघि मिर्गौला प्रत्यारोपण गरेका डा. थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो ।

अर्घाखाँची घर भएका डा. थापा एमालेका तर्फबाट संविधान सभा सदस्य निर्वाचित भएका थिए । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए ।

उनी मेगा बैंकका सञ्चालक एवं नयाँ पत्रिका दैनिकका अध्यक्ष समेत थिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बाँकेमा एकजना कोभिड संक्रमितको मृत्यु
पछिल्लो समाचार →
नेपालमा कोरोना संक्रमण घट्न थालेको हो ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *