Latest News
Kathmandu

गठबन्धनका शीर्ष तीन नेताबीच छलफल, प्रचण्डले राखे एमसीसी संशाेधनकाे प्रस्ताव

गठबन्धनका शीर्ष तीन नेताबीच छलफल, प्रचण्डले राखे एमसीसी संशाेधनकाे प्रस्ताव

काठमाडाैँ । सत्तारूढ गठबन्धनका तीन शीर्ष नेताबीच छलफल भएकाे छ । सत्तारूढ दलका तीन शीर्ष नेता प्रधान मन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।

प्रधान मन्त्री निवास बालुवाटारमा सोमवार भएकाे छलफलमा एमसीसी र स्थानीय तहको निर्वाचनबारे विमर्श भएकाे हाे । छलफलका क्रममा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेकाे बालुवाटार स्राेतले जनाएकाे छ ।

एमसीसी पारितका लागि सदनमा दर्ता भइसकेको छ । तर, हालसम्म टेबुल गरिएको छैन । अब बस्ने बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएका बेला नेताहरू छलफलमा जुटेका हुन् । एमसीसीबारे सत्तारूढ गठबन्धन नै एकमत देखिएकाे छैन ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
थप ५,२९२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
पछिल्लो समाचार →
समाजवादको नाराले दुःख पाए साराले !

Leave a Comment

Your email address will not be published. Required fields are marked *