Latest News
Kathmandu

टी–२० विश्वकप २०२६ : फरहानसहित पाँच ब्याट्सम्यानबीच रनको रोमाञ्चक प्रतिस्पर्धा

टी–२० विश्वकप २०२६ : फरहानसहित पाँच ब्याट्सम्यानबीच रनको रोमाञ्चक प्रतिस्पर्धा

काठमाडौं । जारी आईसीसी पुरुष टी–२० विश्वकप मा ब्याट्सम्यानहरूको उत्कृष्ट प्रदर्शन जारी रहेको छ। प्रतियोगिताको प्रारम्भिक चरणमै केही खेलाडीले शानदार इनिङ्स खेल्दै सर्वाधिक रन बनाउने सूचीमा अग्रस्थान बनाएका छन्।

पाकिस्तानका साहिबजादा फरहान हालसम्म सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। उनले चार खेलमा २२० रन बनाएका छन्। उनको स्ट्राइक रेट १६४.१७ र औसत ७३.३३ रहेको छ।

दोस्रो स्थानमा श्रीलंकाका पाथुम निस्साङ्का छन्। उनले चार खेलमा १९९ रन जोडेका छन्। उनको स्ट्राइक रेट १५६.६९ र औसत ६६.३३ रहेको छ।

तेस्रो स्थानमा श्रीलंकाकै विकेटकिपर–ब्याट्सम्यान कुसल मेन्डिस रहेका छन्। उनले चार खेलमा १८२ रन बनाएका छन्।

दक्षिण अफ्रिकाका कप्तान एडेन मार्कराम चौथो स्थानमा छन्। उनले चार खेलमा १७८ रन बनाएका छन् भने उनको औसत ५९.३३ रहेको छ।

भारतका आक्रामक ओपनर इशान किशन पाँचौं स्थानमा छन्। उनले चार खेलमा १७६ रन बनाएका छन्। उनको स्ट्राइक रेट २०२.२९ र औसत ४४ रहेको छ। पाकिस्तानविरुद्ध ४० बलमा ७७ रनको उत्कृष्ट इनिङ्स खेलेपछि उनी ‘प्लेयर अफ द म्याच’ घोषित भएका थिए।

प्रतियोगिता अघि बढ्दै जाँदा सर्वाधिक रनको होड थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्दै जाने अपेक्षा गरिएको छ। एएनआई

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
जय ट्रफी : पुलिसविरुद्ध आर्मीको जित
पछिल्लो समाचार →
गुगलद्वारा नयाँ मोडेल जीमीनी ३.१ प्रो सार्वजनिक

Leave a Comment

Your email address will not be published. Required fields are marked *