Latest News
Kathmandu

जय ट्रफी : पुलिसविरुद्ध आर्मीको जित

जय ट्रफी : पुलिसविरुद्ध आर्मीको जित

काठमाडौं । त्रिभुवन आर्मी क्लब ले जय ट्रफीको पहिलो खेलमा शानदार जित दर्ता गरेको छ। शनिबार सम्पन्न खेलमा आर्मीले नेपाल पुलिस क्लब लाई ९ विकेटले पराजित गर्‍यो।

आर्मीका स्पीन बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै ९ विकेट लिएपछि दोस्रो इनिङमा पुलिसले ८८ रन मात्र बनाउन सक्यो। ४१ रनको अग्रतासहित पुलिसले आर्मीलाई ४२ रनको लक्ष्य दिएको थियो, जुन आर्मीले पहिलो सत्रमै १ विकेट गुमाउँदै पूरा गर्‍यो।

कुशल मल्लले विजयी चौका प्रहार गर्दै अविजित ४२ रन बनाए। इमरान शेख १ रनमा आउट भए।

यसअघि दोस्रो इनिङमा ४७ रनले पछाडि परेको अवस्थाबाट ब्याटिङ गरेको पुलिस ८८ रनमै अलआउट भयो। कुशल भुर्तेलले सर्वाधिक ४८ रन बनाए। अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन असफल रहे। राशिद खान ९, शंकर राना ८, दिलसाद अली ६ रनमा आउट भए। अमित श्रेष्ठले ४ तथा कप्तान आरिफ शेखले ३ रन मात्र जोड्न सके।

आर्मीका लागि बसिर अहमदले ४ विकेट लिए। कुशल मल्लले ३, शाहब आलमले २ तथा आकाश चन्दले १ विकेट लिए।

त्रिवि क्रिकेट मैदान मा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५३.३ ओभरमा १५३–८ को अवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो। राशिद खानले ३८ रन बनाए भने कप्तान आरिफ शेख ३६ रनमा अविजित रहे। ओपनर कुशल भुर्तेलले ३० तथा दिलसाद अलीले २७ रन जोडे।

आर्मीका लागि पवन कार्कीले ४ विकेट लिए। आकाश चन्द, शाहब आलम, नरेन साउद र बसिर अहमदले १–१ विकेट लिए।

त्यसपछि आर्मीले दोस्रो इनिङमा ९ विकेट गुमाएर २३४ रन बनाउँदै ४७ रनको अग्रतासहित इनिङ घोषणा गरेको थियो। भीम सार्कीले ११३ बलमा शानदार १०५ रन बनाउँदै अविजित रहे। पवन कार्कीले ३७ तथा नरेन साउदले ३१ रन बनाए।

पुलिसका लागि सागर ढकालले ६ विकेट लिए भने ललित राजवंशीले २ तथा कुशल भुर्तेलले १ विकेट लिए।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बाजा बजाएको विषयमा विवाद : रौतहटको गौरमा अनिश्चितकालीन कफ्र्यू जारी
पछिल्लो समाचार →
टी–२० विश्वकप २०२६ : फरहानसहित पाँच ब्याट्सम्यानबीच रनको रोमाञ्चक प्रतिस्पर्धा

Leave a Comment

Your email address will not be published. Required fields are marked *