Latest News
Kathmandu

स्कारपियो दुर्घटना: चालक निदाउँदा गाडी ३० मिटर तल खस्यो, ४ घाइते

स्कारपियो दुर्घटना: चालक निदाउँदा गाडी ३० मिटर तल खस्यो, ४ घाइते

मकवानपुर । बागमती प्रदेश अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसीस्थित कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

प्रहरीका अनुसार २०८२ साल फागुन ९ गते बिहान करिब ६ बजे वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ च ९७७७ नम्बरको स्कारपियो चालक निदाउँदा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल शाखा बाटोमा खसेको थियो।

दुर्घटनाको खबर बिहान ६ः३० बजे प्राप्त हुनासाथ प्रहरी चौकी फाखेलबाट प्रहरी सहायक निरीक्षक कमल खत्रीको कमाण्डमा पाँच जनाको टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो। स्थानीयवासीको सहयोगमा घाइतेहरूलाई उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त स्कारपियो भने घटनास्थलमै रहेको छ ।

स्कारपियो चालक कलैया–२ बस्ने करिब ३८ वर्षीय विजय यादव, सवारीधनी बरेवा–७ बस्ने करिब ५० वर्षीय सन्तोष कुमार गुप्ता, उनकी श्रीमती करिब ४० वर्षीया शोभा गुप्ता, छोरा करिब १६ वर्षीय अनमोल गुप्ता घाइते भएका छन् ।

प्रहरीका अनुसार शोभा गुप्ताको कम्मर र टाउकोमा चोट लाग्दा अवस्था गम्भीर रहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
गुगलद्वारा नयाँ मोडेल जीमीनी ३.१ प्रो सार्वजनिक
पछिल्लो समाचार →
मतदान प्रभावकारी बनाउन सुर्खेतमा नमुना अभ्यास

Leave a Comment

Your email address will not be published. Required fields are marked *