Latest News
Kathmandu

अनेरास्ववियुद्वारा सरकारका प्रवक्ता कार्कीलाई कालो झण्डा

अनेरास्ववियुद्वारा सरकारका प्रवक्ता कार्कीलाई कालो झण्डा

काठमाडौँ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झण्डा देखाएको छ ।

स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै प्रदर्शन अनेरास्ववियुले ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टर बाहिर कालो झण्डा देखाएको हो । त्यही बेला मन्त्री कार्की क्वार्टरबाट निस्किएपछि विद्यार्थीले मन्त्रीको गाडी रोकेर कालोझण्डा देखाएका थिए ।

एमालेले सोमबार स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै आफ्ना सबै स‌ंगठनलाई परिचालन गर्ने निर्णय गरेको थियो । सत्तारूढ गठबन्धनले जेठमा स्थानीय तहको चुनाव गर्ने तयारी गरिरहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्षसहित १४ जना पक्राउ
पछिल्लो समाचार →
स्वास्थ्य मन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

Leave a Comment

Your email address will not be published. Required fields are marked *