Latest News
Kathmandu

स्वयम्भुमा अक्षरारम्भ : अब क-क लेख्ने ल !

स्वयम्भुमा अक्षरारम्भ : अब क-क लेख्ने ल !

काठमाडौं । आज श्री पञ्चमी ।विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ ।

काठमाडौं उपत्यकाका स्वयम्भु, मैतिदेवी, ललितपुरको लेलेलगायतका मन्दिरमा बिहानैदेखि सरस्वती पूजा गर्नेको भीड छ ।

आजको दिन बालबालिकाहरुलाई अक्षरारम्भ गराउने चलन भएकोले अभिभावकहरू बालबालिकालाई लिएर मन्दिर पुगेका छन् । बालबालिकाले मन्दिरको भित्तामा लेखेर अक्षरारम्भ गरेका छन् ।

आजको दिन बालबालिका मात्र नभएर निरक्षर जुनसुकै उमेर समूहका व्यक्तिले मन्दिर पुगेर पढ्न् र लेख्न सुरु गर्ने गर्छन् । स्वयम्भूमा पनि बालबालिका मात्र नभई ज्येष्ठ नागरिक पनि अक्षरारम्भ गरिरहेका छन्।

यसदिन विद्यालय र कलेजहरुमा विशेष समारोहकाबीच सरस्वतीको पूजा गर्ने गरिन्छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
लथालिंग राजनीति, भताभुंग देश !
पछिल्लो समाचार →
देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्र सार्वजनिक

Leave a Comment

Your email address will not be published. Required fields are marked *