Latest News
Kathmandu

नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो ‘गज्जब ६ मुद्दती खाता,’ मुद्दती निक्षेपको रकम २० वर्षमा ६ गुणा

नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो ‘गज्जब ६ मुद्दती खाता,’ मुद्दती निक्षेपको रकम २० वर्षमा ६ गुणा

काठमाडाैँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ‘गज्जब ६ मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । भविष्यमा आइपर्ने आर्थिक व्ययभार, औषधी उपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगी सिद्ध हुने बैंकले जनाएको छ ।

न्यूनतम १० हजार रुपैयाँमा जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने यो खातामा मुद्दती निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने बैंकले उल्लेख गरेको छ । सो खाता खोल्दा निःशुल्क क्रेडिट कार्डका साथै साँवा तथा पाकेको ब्याजको ९०% सम्म कर्जा प्राप्त गर्न सकिने विशेष योजना छ । मुद्दतीमा निक्षेप राखेर आकर्षक ब्याज लिन चाहनेलाई यो योजनाले आकर्षित गर्ने देखिएको छ ।

खाताका विशेषता :-

  • निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने ।
  • यो मुद्दती खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने ।
  • न्यूनतम रु. १०,०००/– (अक्षेरुपी रु. दश हजार)मा मुद्दती खाता खोल्न सकिने ।
  • निशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने ।
  • सावाँ तथा पाकेको ब्याजको ९०प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सातै प्रदेशमा छरिएका ८८ शाखाहरु, ३१ विस्तारित काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
‘तिमी’ भनेर बोलाउने श्रीमानले ‘तँ’ भन्दा..
पछिल्लो समाचार →
देउवा र प्रचण्डलाई एमसीसीकाे पत्र, संसदबाट पारित गर्न फागुन १६ काे ‘डेडलाइन’

Leave a Comment

Your email address will not be published. Required fields are marked *