Latest News
Kathmandu

देउवा र प्रचण्डलाई एमसीसीकाे पत्र, संसदबाट पारित गर्न फागुन १६ काे ‘डेडलाइन’

देउवा र प्रचण्डलाई एमसीसीकाे पत्र, संसदबाट पारित गर्न फागुन १६ काे ‘डेडलाइन’

काठमाडाैँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारूढ दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेखेकाे छ ।

एमसीसीले देउवा र प्रचण्डले पाँच महिना पुरानाे पत्रकाे जवाफ दिँदै पत्र पठाएकाे हाे । कार्यवाहक मुख्य कार्यकारी अधिकृत मोहमद बहले फेब्रुअरी ३ का दिन (गत बिहीबार) प्रधानमन्त्री देउवा र प्रचण्डलाई सम्बोधन गर्दै जवाफी पत्र पठाएका हुन् ।

सेप्टेम्बर २९, २०२१ मा नेपालको तर्फ पठाइएको पत्रमा मागिएको ५ महिनाको समयसीमा सकिन लाग्दा एमसीसीको तर्फबाट सो पत्र पठाएको छ । पत्रमा अमेरिकाले एमसीसी संसद्बाट पारित गर्नका लागि आगामी फेब्रुअरी २८ अर्थात् फागुन १६ सम्मको ‘डेडलाइन’ समेत तोकेको छ । सो समयसीमासम्म सरकारलाई सांसद तथा सत्तारूढ दलसँग छलफल गरेर एमसीसी पारित गर्न एमसीसीले पत्रमा आग्रह गरेको छ ।

पत्रमा एमसीसी सहयोग लिने नलिने नेपालको सार्वभौम अधिकार भएको उल्लेख गर्दै एमसीसी संसद्बाट पारित नभएको खण्डमा ५ सय मिलियन डलर बराबरको अनुदान सहयोगलाई खारेज गर्ने अधिकार बोर्डसँग रहेको र यदि बोर्डले सो निर्णय गरे नेपालसँग एमसीसीको सहकार्य अन्त्य हुने पत्रमा भनिएको छ ।

यस्ताे छ पत्रः

याे पनिः देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्र सार्वजनिक

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो ‘गज्जब ६ मुद्दती खाता,’ मुद्दती निक्षेपको रकम २० वर्षमा ६ गुणा
पछिल्लो समाचार →
प्रख्यात गायिका मङ्गेशकरको निधनमा राष्ट्रपतिद्वारा शोक व्यक्त

Leave a Comment

Your email address will not be published. Required fields are marked *