Latest News
Kathmandu

घृणा फैलाउने प्रतिक्रिया ब्लक गरिदिन्छु : दिशा पटानी

घृणा फैलाउने प्रतिक्रिया ब्लक गरिदिन्छु : दिशा पटानी

काठमाडौं । बलिउड अभिनेत्री दिशा पटानी सामाजिक सञ्जालमा आफ्ना बिकिनी तस्वीर पोस्ट गरिरहन्छन् । दिशाले पोस्ट गरेका हट तस्वीरहरुमा उनका फ्यानहरुले सकारात्मक प्रतिक्रिया दिने गरेका छन् । तर, दिशाको तस्वीरमा थुप्रै नकारात्मक प्रतिक्रिया आउने गर्छन् ।

दिशाका बिकिनी फोटो थुप्रै पटक मिडियाका हेडलाइन बनेका छन् भने सामाजिक सञ्जालमा ट्रोलको सिकार पनि हुने गरेका छन् ।

दिशाले सामाजिक सञ्जालमा आउने प्रतिक्रियाको विषयमा मिडियासँग कुरा गर्दै भनेकी छन्, ‘मलाई सामाजिक सञ्जालमा घृणा फैलाउने प्रतिक्रियाहरु ब्लक गर्न आउँछ । मैले सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्वीरहरुमा म रमाइरहेकी हुन्छु । सञ्जाल मैले आफूलाई व्यक्त गर्ने स्थान हो । म नकारात्मक प्रतिक्रियामा खासै ध्यान दिन्नँ ।’

बलिउडका कलाकारहरु सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्वीरमा आउने नकारात्मक प्रतिक्रियाबाट हैरान हुने गरेका छन् । कतिपय कलाकारले सञ्जालमा प्रतिक्रिया नै दिन नमिल्ने समेत बनाएका छन् ।

बलिउडमा राम्रो क्रेज बनाएकी दिशा ‘योद्धा’, ‘एक भिलेन २’ लगायतका चलचित्रमा काम गरिरहेकी छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कोभिड खोपविरुद्धको आन्दोलन चर्किएपछि क्यानडाको राजधानीमा संकटकाल घोषणा
पछिल्लो समाचार →
पुरानो साथीको गुन तिर्ने बेला भएन र !

Leave a Comment

Your email address will not be published. Required fields are marked *