Latest News
Kathmandu

२३ अर्ब लगानीमा ३५० मेगावाटको सौर्य ऊर्जा परियोजना अध्ययन गर्न बोर्डको अनुमति

२३ अर्ब लगानीमा ३५० मेगावाटको सौर्य ऊर्जा परियोजना अध्ययन गर्न बोर्डको अनुमति

Solar panel on blue sky background. Green grass and cloudy sky. Alternative energy concept

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह क्षेत्र डडेलधुरा र डोटीमा गरी ३५० मेगावाटको सौर्य ऊर्जा परियोजना विकासबारे अध्ययन गर्न लगानी बोर्डले अनुमति दिएको छ ।

प्रधानमन्त्री देउवाको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४९ औँ बैठकले यस्तो अनुमति दिएको बोर्ड कार्यालयले जनाएको छ ।

उक्त परियोजना अन्तर्गत डडेलधुरामा २२५ मेगावाट र डोटीमा १२५ मेगावाटको सौर्य ऊर्जा परियोजना विकास गर्न सम्भाव्यता अध्ययन गरिने छ ।

उक्त परियोजनामा २३ अर्ब रुपैयाँ लगानी गर्ने गरी सम्भाव्यता अध्यक्ष गर्न एमएस सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेडलाई अनुमति दिइएको बोर्ड कार्यालयले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
विदेशी मदिरा व्यापारीले २५ करोड रुपैयाँ नतिरी फरार भएपछि सम्पत्ति लिलामी गर्न मेगा बैंकको सुचना
पछिल्लो समाचार →
कन्या क्याम्पसमा ‘बुहारी’ बढी

Leave a Comment

Your email address will not be published. Required fields are marked *