Latest News
Kathmandu

विदेशी मदिरा व्यापारीले २५ करोड रुपैयाँ नतिरी फरार भएपछि सम्पत्ति लिलामी गर्न मेगा बैंकको सुचना

विदेशी मदिरा व्यापारीले २५ करोड रुपैयाँ नतिरी फरार भएपछि सम्पत्ति लिलामी गर्न मेगा बैंकको सुचना

काठमाडौं । नेपालमा महंगा विदेशी रक्सी बिक्री गर्दै आएका ग्रीनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल र अभिषेक अग्रवालसहित अन्य संचालकको सम्पति लिलामी प्रक्रिया शुरु भएको छ । विभिन्न ५ वाणिज्य बैंकको एक अर्बभन्दा बढी रकम नतिरी फरार भएका उनीहरुको सम्पति लिलामी गर्न मेगा बैंकले सुचना निकालेको छ । आज एक दैनिक पत्रिकामा सम्पत्ति लिलामी गर्न ७ दिने सुचना प्रकाशन गरेको हो ।

अग्रवाल दाजुभाई बैंकको ऋण नतिरी भारत पसेपछि हाल कम्पनीको कान्तिपथ र दरबारस्थित दुबै शोरुम एक सातायता बन्द छन् ।

कम्पनीमा अभिषेक अग्रवाल प्रबन्ध निर्देशक र अमित अग्रवाल प्रमुख कार्यकारी अधिकृतका रुपमा जिम्मेवारी सम्हालेका थिए ।

जनकपुर घर स्थायी घर भएका अग्रवाल दाजुभाईले विभिन्न ५ वटा बैंकबाट लिएको १ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी छ । अग्रवाल दाजुभाईलाई बढी ऋण दिएको नेपाल इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकले ग्रीनलाइनको पसलमा सूचना टाँस गरेका थिए ।
स्रोतका अनुसार मेगा बैंकले अग्रवाल परिवारलाई २५ करोड रुपैयाँ लगानी गरेको थियो ।

बैंकले प्रकाशन गरेको सुचनामा रजनी अग्रवाल, ओम प्रकाश अग्रवाल र उषा अग्रवालको नाम समेत छ । मेगा बैंकले एलाइन्स डिस्ट्रिब्युटर्स प्रा.लीको नाममा ऋण प्रवाह गरेको हो । मालपोत कार्यालय कलंकीमा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका वडा नम्बर १३ स्थित कित्ता नम्बर १३५ को १०३ वर्गमिटर, कित्ता नम्बर ९३ को १५७ वर्गमिटर, कित्ता नम्बर १३४ को २ सय ७८ वर्ग मिटर र कित्ता नम्बर १३२ को १५८ वर्गमिटर क्षेत्रफलमा भएको घर जग्गा तथा चर्चेको जमिन लिलामीको सुचना निकालेको हो ।

बैंकले के कतिमा बोलपत्र खोलिने वा लिलामी गरिने भन्ने विषयमा भने खुलाएको छैन ।
ग्रिनलाइनका सञ्चालकहरुलाई बैंकले धितोको उचित मुल्यांकन बिना नै ऋण दिएको पाइएपछि राष्ट्र बैंकले समेत अनुसन्धान गरिरहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आयल निगमको कार्यकारी प्रमुखमा लडाइँ : कांग्रेस कार्यकर्ता’लाई नियुक्ती दिन चलखेल !
पछिल्लो समाचार →
२३ अर्ब लगानीमा ३५० मेगावाटको सौर्य ऊर्जा परियोजना अध्ययन गर्न बोर्डको अनुमति

Leave a Comment

Your email address will not be published. Required fields are marked *