युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्तीमा राजनीतिक चलखेल भएको पाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पौष २५ गते गोरखापत्र दैनिकमा सार्वजनिक सुचना प्रकाशन गरेर कार्यकारी निर्देशक पदमा आवेदन खुलाएको थियो ।

गत माघ १६ गतेसम्म १७ जनाको आवेदन परेकोमा एक आवेदकको आवेदन भने खामबन्दी नभएका कारण खारेजी गरिएको छ । अब १६ जनाबीच प्रतिष्पर्धा हुँदैछ ।

स्रोतका अनुसार निगमको कार्यकारी निर्देशकका प्रत्यासी मध्ये उमेश प्रसाद थानी, चण्डिका प्रसाद भट्ट र चित्ररञ्जन दासबीच तिब्र प्रतिष्पर्धा छ । उनीहरुले सत्तारुढ दल निकट विचौलियाहरुको फेरो समातेर नियुक्ती हत्याउने तयारी गरिरहेका छन् । ७ महिनादेखि मन्त्री विहिन बनेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत प्रधानमन्त्री शेर बहादुर देउवाकै काँधमा छ ।

देउवा निकट विचौलियाहरुले देउवाको नाम लिँदै कार्यकारी निर्देशकका प्रत्यासिहरुसँग बार्गेनिङ गरिरहेको उच्च स्रोतले दियोपोस्टलाई जानकारी दिएको छ । स्रोतका अनुसार विचौलियाहरुले कार्यकारी निर्देशक बन्ने भए ‘८ करोड रुपैयाँ’ तयार पार्न समेत उम्मेदवारहरुलाई भनेका छन् । तर, यतिका रकम बुझाएर निगमको कार्यकारी निर्देशक बन्न सिमित पात्रहरु मात्रै तयार भएको उच्च स्रोतको दाबी छ ।

कार्यकारी निर्देशकका उम्मेदवार मध्येका उमेश प्रसाद थानी नेपाली कांग्रेस निकट व्यक्ति हुन् । उनी नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन)का अध्यक्ष हुन् । उनले नियुक्तीका लागि उच्च राजनीतिक विचौलिया घरानालाई गुहारेको स्रोतको दाबी छ । थानीको नियुक्तीका लागि समानान्तर निर्माण सेवाका मालिक अच्युत प्रसाद खरेलहरु सक्रिय भएको र उनीहरुले नै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई प्रभावमा पारेको आरोप छ ।

नेपाल विद्युत प्राधिकरणका पूर्व सञ्चालक समेत रहेका थानीले खरेललाई विभिन्न ठेक्का पट्टामा सहयोग गर्दै आएको स्रोतले बतायो ।

उद्योग मन्त्रालय स्रोतका अनुसार कार्यकारी निर्देशकका लागि आवेदन परेका मध्ये ५ जनालाई सर्टलिस्ट गरिँदैछ । त्यसपछि ३ जनाको नाम मन्त्रिपरिषदमा पुर्याएर अनुमोदन गर्ने तयारी सरकारको छ ।

स्रोतका अनुसार मन्त्रालयकै सहसचिव चण्डीका प्रसाद भट्ट र आनन्द चन्द समेत छन् । सहसचिव भट्टले यसअघि केपी ओली सरकारको पालामा विशेष आर्थिक क्षेत्र सेजमा बसेर लाभ लिएको आरोप छ । एमडीका अर्का दाबेदार चन्द भने हालसम्म कतै विवादमा आएका छैनन् ।

स्रोतका अनुसार आवेदन दिनेमध्ये जीवन प्रकाश सिटौला र प्रा.डा लक्ष्मण पौडेल पनि शक्ति केन्द्रको रोजाइँमा परेका छन् ।
प्रधानमन्त्री निकट विचौलियाको रोजाइमा परेका थानी नेपाली कांग्रेस निकट ‘नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभाग’का सदस्य समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित ख