Latest News
Kathmandu

नाटक ‘पुतलीको घर’ पुनः मञ्चन हुँदै

नाटक ‘पुतलीको घर’ पुनः मञ्चन हुँदै

माघ २८ गते बाट पुन :नाटक ‘पुतलीको घर’ मञ्चन हुने भएको छ l कोरोनाका कारण चल्दाचल्दै स्थगित गरिएको नाटक अब फागुन ७ गते सम्म गुरुकुल ‘कुञ्ज नाटक घर’ मा हुने छ l पुस ३० गतेदेखि पुरानै नाटक ‘पुतलीको घर’ मञ्चन गरेर नेपाली रंगमञ्चको इतिहास ‘गुरुकुल’ एक दशक पछि पुनः ब्युँतिएको थियो ।

उद्घाटनपछि पहिलो नाटकको रुपमा ‘पुतलीको घर’ मञ्चन थालिएको थियो । सरकारले मनोरञ्जन क्षेत्र जस्तै जिम , सिनेमा घर , फन् पार्क , बार खोल्न अनुमति दिएपछि नाटक पनि फेरी मञ्चन गर्ने लागिएको हो l माघ १ गते बाट ओमिक्रोनका कारण नाटक मञ्चन रोकिएको थियो l नाटक ‘पुतलीको घर’ नर्वेजियन लेखक हेनरिक जान इब्सनले लेखेको नाटक ‘द डल्स हाउस’ को नेपाली अनुवाद हो ।

नाटकको नेपाली अनुवाद र निर्देशन सुनिल पोखरेल आफैले गरेका हुन् । नाटकमा निशा शर्मा पोखरेल, शेखर चापागाईँ, अन्जु देउजा, सुनिल पोखरेल र राजकुमार पुडासैनीको अभिनय रहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
रचनाले गाएको ‘न बिर्सेँ तिमीलाई…’ प्रति अन्जुको असन्तुष्टि , लेख्छिन् यस्तो …
पछिल्लो समाचार →
‘चिसो मान्छे’ असार ३ मा , पोस्टरमा स्वस्तिमाको यस्तो लूक्स

Leave a Comment

Your email address will not be published. Required fields are marked *