Latest News
Kathmandu

प्रचण्डले एमसीसीबारे निर्णय माग्दा ओलीको जवाफ- ‘तपाईँहरूसँग बहुमत छ जे गर्नुस्’

प्रचण्डले एमसीसीबारे निर्णय माग्दा ओलीको जवाफ- ‘तपाईँहरूसँग बहुमत छ जे गर्नुस्’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी एमसीसीबारे प्रष्ट निर्णय गरिदिन आग्रह गरेका छन् । बिहीबार साँझ ओलीलाई टेलिफोन गरेर प्रचण्डले एमसीसीबारे प्रष्ट निर्णय गरिदिन आग्रह गरेका हुन् ।

जवाफमा ओलीले एमसीसी पारित गर्ने जिम्मेवारी सरकारको रहेको बताए । ‘एमसीसीमा तपाईँले निर्णय नगरी भएन’ भन्दै बिहीबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ’, एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजाल भने, ‘तपाईँहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौँ भनेर वचन दिनुभएको छ, हटाइसकेपछि ‘४/५ महिनामा पारित गर्छौँ’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधि सभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस्, नेकपा एमाले त निर्णय गरिहाल्छ।’

‘एमसीसीका सम्बन्धमा विदेशीले सोधुन् वा स्वदेशीले, नेकपा एमालेको धारणा स्पष्ट छ,’ रिजाल अगाडि भनेका छन्  यसअघि बिहीबार बिहान अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, ओली र प्रचण्डलाई एमसीसी संसद्‌बाट पारित गर्नेबारे टेलिफोन गरेका थिए । तीनै जना नेताहरूसँगको कुराकानीमा उनले एमसिसी फेब्रुअरी २८ सम्म संसद्‌बाट पारित हुनुपर्ने बताएका थिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सावित्राले भनिन् : अब चाँडै मैदान फर्किनेछु
पछिल्लो समाचार →
संसद्‌मा दलीय छाया, के भन्छन् दलहरू ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *