यस्तै सावित्राले चाँडै ठीक भएर मैदान फर्कँदै फुटबल प्रेमीलाई खुशी बनाउन कोशिस गर्ने पनि जनाएकी छिन् । ‘कमजोर मनोबल हुँदा सधैं मेरो हौसला बढाउने सञ्चारमाध्यम, फुटबल परिवार, फुटबलप्रेमी, शुभचिन्तक सबैलाई धन्यवाद दिन चाहन्छु । आशा छ पूर्ण रुपमा ठीक भएर चाँडै मैदान फर्किएर फुटबल प्रेमीहरुलाई खुसी बनाउन कोशिस गर्नेछु’ सावित्राले भनेकी छन् ।
गत वर्ष भएको महिला राष्ट्रिय लिगमा नेपाल पुलिस विरुद्ध खेल्ने क्रममा एपीएफ क्लबकी सावित्राको घुँडामा चोट लागेको थियो । त्यसपछि लिगको बाँकी खेल गुमाएकी सावित्राले एएफसी वुमन्स एसिया कप क्वालिफायर समेत खेल्न पाइनन् ।
अब भने फेरि ठीक भएर मैदानमा फर्कने तयारीमा सावित्रा छिन् ।
सावित्राले के लेखिन् फेसबुकमा ?
धन्यवाद –
खेल जीवनमा पछिल्लो झण्डै एक वर्ष मेरा लागि सबैभन्दा पीडादायक रह्यो । गत वर्ष लिग खेल्ने क्रममा घुँडामा लागेको चोटका कारण फेरि मैदानमा फर्कन सक्दिन भन्ने चिन्ताले धेरै सताएको थियो । त्यस्तो अवस्थाबाट अखिल नेपाल फुटबल संघको पहल र कतार फुटबल संघको सहयोगमा मेरो उपचार सम्भव भएको छ ।
६ महिना भन्दा लामो समय कतारको विश्वप्रसिद्ध अस्पताल अस्पेटारमा शल्यक्रिया, फिजियो थेरापी र ग्राउन्ड रिहाबपछि मेरो उपचार अन्तिम चरणमा आइपुगेको छ । उपचारपछि मैले केही सहज महसुस गरेको छु । मेरो उपचारमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने एन्फा परिवार, सशस्त्र प्रहरी बल, एपिएफ क्लब, कतार फुटबल संघ, डाक्टर, नर्स, फिजियोथेरापिष्टलगायत अन्य कर्मचारी, प्रति विशेष आभार व्यक्त गर्दछु ।
साथै कमजोर मनोबल हुँदा सधैं मेरो हौसला बढाउने सञ्चारमाध्यम, फुटबल परिवार, फुटबलप्रेमी, शुभचिन्तक सबैलाई धन्यवाद दिन चाहन्छु । आशा छ पूर्ण रुपमा ठीक भएर चाँडै मैदान फर्किएर फुटबल प्रेमीहरुलाई खुसी बनाउन कोशिस गर्नेछु ।