युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौँ। इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा यसपटक ४ वर्षपछि मेगा अक्सन हुँदैछ । २ टीम थपेर १० टीम बनाइएको लिगको यो क्लबले अधिकांश खेलाडी अक्सनबाटै अनुबन्ध गर्नेछन् ।

एक टीमले २५ जना खेलाडी राख्न सक्ने छन् । जसमा १७ जना भारतीय र ८ विदेशी खेलाडी हुन सक्नेछन् । खेलाडीका लागि हरेक टीमले ९० करोड भारु खर्च गर्न पाउँछन् ।

खेलाडी रिटेन गर्ने अर्थात यसअघिकै खेलाडीलाई अनुबन्ध गर्ने क्रममा यसअघिका ८ क्लबले केही न केही रकम खर्च गरिसकेका छन् । नयाँ २ क्लबले पनि मेगा अक्सन अघि नै केही खेलाडीलाई अनुबन्ध गरेर रकम खर्चेका छन् । मेगा अक्सन १२ र १३ फेब्रुअरिमा बैंगलोरमा हुँदैछ ।

मेगा अक्सन अघि कुन टीमको पर्समा कति पैसा छ र कति खेलाडी लिन सक्ने अवस्था छ त ?

मुम्बई इन्डियन्स

आईपीएलको सर्वाधिक सफल टीम मुम्बई इन्डियन्स पाँच पटकको च्याम्पियन हो । पाँचै उपाधि दिलाएका कप्तान रोहित शर्मालाई मुम्बईले १६ करोड भारुमा रिटेन गरेको छ ।

मुम्बइले शर्माबाहेक जसप्रित बुमराहलाई १२ करोड, सुर्यकुमार यादवलाई ८ करोड र किरन पोलार्डलाई ६ करोड भारुमा रिटेन गरेको छ ।

मुम्बईको अवस्था

कप्तानः रोहित शर्मा
रिटेन खेलाडीः ४ (रोहित शर्मा, जसप्रित बुमराह, किरन पोलार्ड र सूर्यकुमार यादव)
खर्च गरेको रकमः ४२ करोड
खातामा बाँकी रकमः ४८ करोड
खाली स्लटः २१ (भारतीय १४ र विदेशी ७ खेलाडी)

चेन्नई सुपर किंग्स

गत सिजनसहित चारपटकको च्याम्पियन चेन्नइ सुपर किंग्सले यो पटक पनि आफूलाई बलियो टीमका रूपमा ‘रि-कन्स्ट्रक्ट’ गर्दैछ । चेन्नइले यो पटक कप्तान महेन्द्रसिंह धोनीलाई १२ करोड रूपैयाँमा रिटेन गरेको छ । त्यस्तै रवीन्द्र जडेजालाई सर्वाधिक १६ करोड, मोइन अलीलाई ८ करोड र ऋतुराज गायकवाडलाई ६ करोडमा रिटेन गरेको छ ।

चेन्नइको अवस्था

कप्तानः महेन्द्रसिंह धोनी
रिटेन खेलाडीः ४ (महेन्द्रसिंह धोनी, रवीन्द्र जडेजा, मोइन अली, ऋतुराज गायकवाड)
खर्च गरेको रकमः ४२ करोड
खातामा बाँकी रकमः ४८ करोड
खाली स्लटः २१ जना (भारतीय १४ र विदेशी ७ खेलाडी)

कोलकाता नाइट राइडर्स

शाहरूख खानको टीम कोलकाता नाइट राइडर्स आईपीएलमा सधैँ चर्चामा रहन्छ । टीम २०१२ र २०१४ को च्याम्पियन हो ।

यसपटक कोलकाताले आन्द्रे रसेललाई १२ करोड, वरुण चक्रवर्तीलाई ८ करोड, वेंकटेश अय्यरलाई ८ करोड र सुनील नरेनलाई ६ करोडमा रिटेन गरेको छ । टीमले कप्तान इयोन मोर्गेनलाई भने रिटेन गरेन ।

कोलकताको अवस्था

कप्तानः तय हुन बाँकी
रिटेन खेलाडीः ४ (आन्द्रे रसेल, वरुण चक्रवर्ती, वेंकटेश अय्यर, सुनिल नारेन)
खर्च गरेको रकमः ४२ करोड
खातामा बाँकी रकमः ४८ करोड
खाली स्लटः २१ (भारतीय १५ र विदेशी ६ खेलाडी)

राजस्थान रोयल्स

आईपीएलको शुरूवाती अर्थात २००८ को च्याम्पियन राजस्थानले त्यसयता फाइनलमा समेत स्थान बनाउन सकेको छैन । त्यसैले पनि उ अब कम्तीमा फाइनल पुग्ने स्क्वाड बनाउन चाहन्छ ।

राजस्थानले आगामी सिजनका लागि सन्जु सेमसनलाई १४ करोड, जोस बटलरलाई १० करोड तथा यशस्वी जयसवाललाई ३ करोडमा रिटेन गरेको छ ।

राजस्थानको अवस्था

कप्तानः सन्जु सेमसन
रिटेन खेलाडीः ३ (सन्जु सेमसन, जोस बटलर, यशस्वी जयसवाल)
खर्च गरेको रकमः २८ करोड
खातामा बाँकी रकमः ६२ करोड
खाली स्लटः २२ (भारतीय १५ र विदेशी ७ खेलाडी)

सनराइजर्स हैदराबाद

आइपीएल २०२२ का लागि हैदराबादले ३ खेलाडी रिटेन गरेको छ । जसमा केन विलियमसनलाई १४ करोड, अब्दुल समद तथा उमरान मलिकलाई ४–४ करोडमा रिटेन गरेको छ ।

टीमले डेभिड वार्नर, राशिद खान, मनिष पाण्डे, भुवनेश्वरकुमार जस्ता खेलाडीलाई रिलिज गर्दै सबैलाई आश्चर्यचकित पारेको थियो । यसले हैदराबाद धेरै खेलाडी मेगा अक्सनबाट नै खेलाडी खरिद गर्न चाहन्छ भन्ने देखाउँछ ।

हैदराबादको अवस्था

कप्तानः केन विलियमसन
रिटेन खेलाडीः ३ (केन विलियमसन, उमरान मलिक, अब्दुल समद)
खर्च गरेको रकमः २२ करोड
खातामा बाँकी रकमः ६८ करोड
खाली स्लटः २२ (भारतीय १५ र विदेशी ७ खेलाडी)

रोयल च्यालेन्जर्स बैंगलोर
बैंगलोर आईपीएलमा तीन पटक फाइनल पुगेर पनि उपाधिविहीन टोली हो । मेगा अक्सन अघि टीमले ३ खेलाडीलाई रिटेन गरेको छ ।

जसमा विराट कोहलीलाई १५ करोड, ग्लेन म्याक्सवेललाई ११ करोड र मोहम्मद सिराजलाई ७ करोडमा टीमले रिटेन गरेको हो । विराट यसअघि टीमका कप्तान रहेकोमा गत वर्षको स्थगित खेल दुबईमा शुरू हुनु अघि उनले टीमको कप्तानी छोड्ने निर्णय गरेका थिए ।

बैंगलोरको अवस्था

कप्तानः तय हुन बाँकी
रिटेन खेलाडीः ३ (विराट कोहली, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज)
खर्च गरेको रकमः ३३ करोड
खातामा बाँकी रकमः ५७ करोड
खाली स्लटः २२ (भारतीय १५ र विदेशी ७ खेलाडी)

दिल्ली क्यापिटल्स

दिल्ली क्यापिटल्स उपाधिमा दाबेदारी दिइरहेर पनि उपाधि जित्न नसकेको टीम हो । युवा खेलाडी प्रेरित दिल्लीले २०१९ यता लगातार आईपीएलको शीर्ष चारमा स्थान बनाउँदै आएको छ ।

दिल्लीले मेगा अक्शन अघि ४ खेलाडीलाई रिटेन गरेको छ । जसमा कप्तान ऋषभ पन्तलाई १६ करोड, अक्षर पटेललाई ९ करोड, पृथ्वी शलाई ७.५ करोड र एनरिक नोर्त्जलाई ६.५ करोडमा रिटेन गरेको छ ।

दिल्लीको अवस्था

कप्तानः ऋषभ पन्त
रिटेन खेलाडीः ४ (ऋषभ पन्त, अक्षर पटेल, पृथ्वी शा, एनरिक नोर्त्ज)
खर्च गरेको रकमः ४२.५ करोड
खातामा बाँकी रकमः ४७.५ करोड
खाली स्लटः २१ (भारतीय १४ र विदेशी ७ खेलाडी)

पञ्जाब किंग्स

बलिउड अभिनेत्री प्रिती जिन्टाको पञ्जाव किंग्स मेगा अक्सनमा सर्वाधिक धेरै रकमका साथमा उत्रिने छ । अक्सन अघि उसले दुई खेलाडीलाई मात्र रिटेन गरेको छ । मयंक अग्रवाललाई १२ करोड तथा अनक्याप्ड तीव्र बलर अर्शदीप सिंहलाई ४ करोडमा रिटेन गरेको हो ।

उसले केएल राहुललाई रिलिज गर्दै सबैलाई छक्क पारेको थियो । यसपटक पञ्जावको पर्समा सर्वाधिक रकम छ । टीमले कप्तान कसलाई बनाउने भन्ने तय गरेको छैन । टीमले अहिलेसम्म आईपीएल जितेको छैन । यो पटक उसले डेभिड वार्नरमा आँखा लगाएको आँकलन गरिएको छ ।

पञ्जाबको अवस्था

कप्तानः तय हुन बाँकी
रिटेन खेलाडीः २ (मंयक अग्रवाल, अर्शदीप सिंह)
खर्च गरेको रकमः १८ करोड
खातामा बाँकी रकमः ७२ करोड
खाली स्लटः २३ (भारतीय १५ र विदेशी ८ खेलाडी)

लखनउ सुपर जायन्ट्स

यो पटक आईपीएलमा थपिएका दुई नयाँ टीममध्ये एक हो लखनउ । दुई नयाँ टीमले मेगा अक्सन अघि नै तीन खेलाडीलाई खरिद गर्न सक्ने प्रावधान राखिएअनुसार लखनउले केएल राहुललाई अहिलेसम्मकै महँगो मूल्य १७ करोडमा खरिद गरेको छ ।

यस्तै, अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसलाई ९.२ करोड र अनक्याप्ड भारतीय खेलाडी रवि विश्वोइलाई ४ करोडमा खरिद गरेको छ ।

लखनउको अवस्था

कप्तानः केएल राहुल
नयाँ अनुबन्धित खेलाडीः ३ (केएल राहुल, मार्कुस स्टोइनिस, रवि विश्वोइ)
खर्च गरेको रकमः ३१ करोड
खातामा बाँकी रकमः ५९ करोड
खाली स्लटः २२ (भारतीय १५ र विदेशी ७ खेलाडी)

टीम अहमदाबाद

यसै वर्ष डेब्यू गर्ने अर्को टीम अहमदाबाद हो । उसले मेगा अक्सनअघि ३ खेलाडीलाई खरिद गरेको छ । जसमा हार्दिक पाण्ड्यालाई १५ करोड, अफगानिस्तानका स्पिनर रासिद खानलाई १५ करोड तथा ओपनर शुभमन गिललाई ८ करोड खर्च गरेको छ । यद्यपि उसले आधिकारिक रूपमा आफ्नो नाम र लोगो सार्वजानिक गरेको छैन ।

अहमदाबादको अवस्था

कप्तानः हार्दिक पाण्ड्या
नयाँ अनुबन्धित खेलाडीः ३ (हार्दिक पाण्ड्या, राशिद खान, शुभमन गिल)
खर्च गरेको रकमः ३८ करोड
खातामा बाँकी रकमः ५२ करोड
खाली स्लटः २२ (भारतीय १५ र विदेशी ७ खेलाडी)

प्रतिक्रिया

सम्बन्धित ख