Latest News
Kathmandu

गीत ‘नोगेन’ लाई संगीतकार वसन्तले लगाए चोरीको आरोप

गीत ‘नोगेन’ लाई संगीतकार वसन्तले लगाए चोरीको आरोप

गीत ‘नोगेन’ लाई चोरीको आरोप लागेको छ l चर्चित संगीतकार वसन्त सापकोटाले उक्त गीतको केही अंश आफूद्वारा संगीतबद्ध एक गीतबाट चोरी गरिएको आरोप लगाएका हुन् ।  फिल्म ‘सिलसिला’मा समावेश गीत ‘सागर सरी चोखो माया’ सँग मिलेको भन्दै वसन्तले नोगेन गीतलाई चोरी गरेको आरोप लगाएका छन् lप्रमोद खरेलले द भ्वाइस किड्सकी प्रतिस्पर्धी बालिका रुक्सना लिम्बुको आवाजमा समावेश गीतलाई हाल सम्म १२ लाखभन्दा बढी दर्शकले हेरेका छन् l गीतमा ८ हजारभन्दा बढीले प्रतिक्रिया जनाइसकेका छन् । अधिकांश प्रतिक्रिया सकारात्मक छन् । एक लाख १० हजारले गीतमा लाइक बटम थिचेका छन् । मिनाक्षी कोइरालाको निर्देशन रहेको भिडियोमा प्रमोद र रुक्सनानै फिचर्ड छन् l गीतमा शब्द र संगीत महेश खड्काको रहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
‘सक्किगोनी’ कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक
पछिल्लो समाचार →
संसद‍्लाई भेन्टिलेटरमा राखिएको छ : ओली

Leave a Comment

Your email address will not be published. Required fields are marked *