Latest News
Kathmandu

सरकार गिराउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

सरकार गिराउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन टुटाउने र सरकार गिराउने चलखेल भएको बताएका छन् ।

अमेरिकी अनुदान सहयोग एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने विवादका कारण सत्ता गठबन्धन संकटमा परेको बेला प्रचण्डले सो धारणा राखेका हुन् ।

२७औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘पराजित प्रतिक्रान्तिकारी प्रवृत्ति चुप लागेर बसेको छैन । त्यसले अझै पनि प्रतिगमन गराउने नै कसरत चलाइराखेको छ र त्यसलाई मलजल गर्न देशभित्र र बाहिर विभिन्न खालका प्रतिक्रियावादी शक्तिहरु सक्रिय नै छन् ।’

उनले थपे, ‘अहिले कुनै तरिकाले प्रतिगमन विरोधी आन्दोलनका कारण त्यो प्रतिक्रियाबाट पैदा भएको यो गठबन्धनलाई टुटाउनको निम्ति, यो सरकार गिराउनको निम्ति, चुनावलाई बिथोल्नको निम्ति अनेक खालका प्रपन्चहरु भइराखेका छन् । तपाईं हामीले देखिराखेका छौं ।’

उनले संविधान, लोकतन्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन बनेको बताउँदै त्यसमा दृढ रहन अपिलसमेत गरे । उनले भने, ‘कुनै एउटा खास परियोजनाको निम्ति गठबन्धन बनेको होइन । जुन मूल्य र मान्यतामा टेकेर यो गठबन्धन बनाएका हौं, त्यसमा दृढ रहौं ।’ उनले जनताको समर्थन, भरोसालाई मिनिमाइज गर्न नहुने पनि बताए ।

प्रचण्डले प्रतिगमन, प्रतिक्रान्ति र माओवादी आन्दोलनलाई बदनाम गर्ने षडयन्त्रलाई परास्त गर्न सबै माओवादी घटकहरुलाई एकजुट हुन आह्वानसमेत गरे ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
फागुन १ ले छाडेका डोबहरू
पछिल्लो समाचार →
चीनले अमेरिकालाई प्रतिस्थापन गर्न नसक्ने कारण

Leave a Comment

Your email address will not be published. Required fields are marked *