
काठमाडौं । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव फेरेको छ ।
मन्त्रालयका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ भने उनको ठाउँमा गणेश पाण्डेलाई ल्याइएको छ ।
पाण्डे यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव थिए । प्रधानमन्त्री कार्यालयमा आफ्नो सरुवा भएको सचिव भट्टराईले बताए । ‘सरुवाको पत्र बिहीबार बुझें, आज प्रधानमन्त्री कार्यालयमा हाजिर हुन्छु,’ उनले भने ।