Latest News
Kathmandu

माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको मुद्दाको पेसी तोकियो

माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको मुद्दाको पेसी तोकियो

काठमाडौँ। आफूले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै नेकपा एमालेले दर्ता गरेको रिटमाथि आइतबार पेसी तोकिएको छ ।

पार्टीले लगाएको ह्विप उल्लंघन गरेकाले कारबाही गर्दै दलबाटै निष्कासन गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेका तर्फबाट छुट्टाछुट्टै रिट निवेदन दायर गरिएको थियो ।

सर्वोच्चमा आइतबार यी दुवै मुद्दा एकसाथ पेसीमा चढेको हो । यी रिटमा अन्तरिम आदेश दाबी गरिएको भए पनि सर्वोच्चले अन्तरिम आदेश भने दिएको थिएन ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रधान न्यायाधीश जबराविरूद्ध महाअभियोग प्रस्ताव दर्ता
पछिल्लो समाचार →
आजदेखि नेपालमा रेल चल्दै

Leave a Comment

Your email address will not be published. Required fields are marked *