
काठमाडौँ। आफूले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै नेकपा एमालेले दर्ता गरेको रिटमाथि आइतबार पेसी तोकिएको छ ।
पार्टीले लगाएको ह्विप उल्लंघन गरेकाले कारबाही गर्दै दलबाटै निष्कासन गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेका तर्फबाट छुट्टाछुट्टै रिट निवेदन दायर गरिएको थियो ।
सर्वोच्चमा आइतबार यी दुवै मुद्दा एकसाथ पेसीमा चढेको हो । यी रिटमा अन्तरिम आदेश दाबी गरिएको भए पनि सर्वोच्चले अन्तरिम आदेश भने दिएको थिएन ।