Latest News
Kathmandu

युट्युव ट्रेन्डिङमा ‘ए मेरो हजुर ४’को गीत, रुचाइयो अनमोल र सुहानाको केमेस्ट्री

युट्युव ट्रेन्डिङमा ‘ए मेरो हजुर ४’को गीत, रुचाइयो अनमोल र सुहानाको केमेस्ट्री

फिल्म ‘ए मेरो हजुर ४’ को गीत रिलिज भएको २४ घण्टा मा युट्युब ट्रेन्डिङमा परेको छ l  गीत युट्युब ट्रेन्डिङको तेश्रो स्थानमा छ । गीतमा १७ घण्टामा ४ लाख ७० हजार बढी भ्युज मिलेको छ । भने ५२ हजार बढी लाइक छ । टाइटल गीत ‘फूलको थुँगा’ मा सुगम पोख्रेल र अस्मिता अधिकारीको आवाजमा समावेश रहेको छ भने रबी मल्लले शब्द कोरेका छन् l गीतको लय सिर्जना कल्यान सिंहको रहेको छ l भिडियोमा सुहाना र अनमोल रोमान्टिक मुडमा देखिएका छन् l  झरना थापा निर्देशित फिल्ममा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत मुख्य भूमिकामा छन् । सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन छ । फिल्म नयाँ  वर्ष वैशाख १ गते प्रदर्शनमा आउने छ ।गीतलाई युट्युब च्यानल बुढा सुब्बा डिजिटल मार्फत रिलिज गरिएको हो l

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एक दर्जन राष्ट्रद्वारा आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह
पछिल्लो समाचार →
‘म यस्तो गीत गाउँछु’ लाई साथ दिँदै सर्‍यो ‘लप्पन छप्पन २’

Leave a Comment

Your email address will not be published. Required fields are marked *