Latest News
Kathmandu

राप्रपा नेपालका अध्यक्षमा कमल थापा

राप्रपा नेपालका अध्यक्षमा कमल थापा

काठमाडौं, । राप्रपाबाट अलग भएका कमल थापा अन्ततः राप्रपा नेपालको नेतृत्व लिएको निर्वाचन आयोगलाई जानकारी दिइएको छ ।

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई आयोगमा दर्ता भइसकेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी दिइएको हो ।

लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई आजै दिएको शेर्पाले न्युज कारखानालाई बताए ।

‘मैले अध्यक्ष पद त्याग गरेर थापालाई अध्यक्षको जिम्मेवारी दिएको जानकारी आजै आयोगलाई दिएका छौँ । आयोगले पत्र पनि दिइसकेको छ । आजबाट राप्रपा नेपालको अध्यक्ष कमल थापा हुनुभएको छ,’ शेर्पाले भने ।

केही दिनअघि थापाले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
‘म यस्तो गीत गाउँछु’ लाई साथ दिँदै सर्‍यो ‘लप्पन छप्पन २’
पछिल्लो समाचार →
नेपालका ठूला आयोजनाको बिजुली किन्न भारतको अलमल

Leave a Comment

Your email address will not be published. Required fields are marked *