Latest News
Kathmandu

माओवादीको केन्द्रीय समिति बैठक फागुन ८ गते बस्ने

माओवादीको केन्द्रीय समिति बैठक फागुन ८ गते बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले यही फागुन ८ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

समसामयिक राजनीति, स्थानीय चुनावको तयारी र पार्टी पदाधिकारीलाई पूर्णता दिन माओवादीले फागुन ८ गते केन्द्रीय कमिटी बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयका प्रमुख सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठक अनुपम फुडल्याण्डमा बस्ने तय भएको छ । बैठक फागुन ८ र ९ गते दुई दिन बस्ने छ ।

केन्द्रीय समितिको बैठकबाट केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो, स्थायी समिति गठन र पदाधिकारी चयन गर्ने तयारी छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
साहित्यकार तारानाथ शर्माको निधन
पछिल्लो समाचार →
एमसीसी नेपालको हितमा छ, पारित गरौँ : प्रधान मन्त्री

Leave a Comment

Your email address will not be published. Required fields are marked *