Latest News
Kathmandu

एमसीसी नेपालको हितमा छ, पारित गरौँ : प्रधान मन्त्री

एमसीसी नेपालको हितमा छ, पारित गरौँ : प्रधान मन्त्री

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् प्रधान मन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता नेपालको हितमा रहेकाले पारित गर्नुपर्ने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा मंगलबार बसेको संसदीय दलको बैठकमा सभापति तथा प्रधान मन्त्री देउवाले एमसीसी नेपालको हितमा रहेको भन्दै यसलाई पास गर्नुको विकल्प नरहेको बताएका हुन् ।

कांग्रेस नेता तथा सांसद शशांक कोइरालाले प्रधानमन्त्री देउवाले एमसीसी पास गर्नुपर्छ भनेर ब्रिफिङ गरेको र बैठकमा त्यही विषयमा छलफल भएको जानकारी दिए । सबै सांसदले एमसीसी पास गर्नुपर्छ भनेको पनि उनले दाबी गरे ।

बैठकमा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी सम्झौता र त्यसले नेपालका लागि पुर्‍याउने फाइदाबारे जानकारी गराउँदै एमसीसीबारे अनावश्यक भ्रम फैलाइएको र कांग्रेसले यी भ्रमहरू चिर्न सक्नुपर्ने बताए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
माओवादीको केन्द्रीय समिति बैठक फागुन ८ गते बस्ने
पछिल्लो समाचार →
धेरै थकाई लाग्ने ६ कारण

Leave a Comment

Your email address will not be published. Required fields are marked *