Latest News
Kathmandu

धेरै थकाई लाग्ने ६ कारण

धेरै थकाई लाग्ने ६ कारण

‘किन मलाई यति धेरै थकाइ लाग्छ ? व्यस्त, भागदौड र प्रतिस्पर्धाको यो समयमा प्रायः सबैले चिकित्सक, आफन्त र साथीभाइलाई सोध्ने प्रश्न हो यो । ‘एकछिन काम गर्नासाथ थकाइ लागिहाल्छ न त सुत्दा नै राम्ररी निद्रा पर्छ’, यो गुनासो पनि आम बनेको छ ।

उत्पादनशील उमेर समूहका मानिस पनि थकाइ लागेर केही गर्न नसकेको गुनासो गर्दै भन्छन्, ‘बिहान उठ्दा आलस्य हुन्छ, साँझ ढल्न नपाउँदै ओछ्यानमा पल्टिहालौँ जस्तो हुन्छ, शरीर नै धान्न हम्मेहम्मे हुन्छ ।’ वृद्ध उमेरका मानिसलाई त थकाइले झनै समस्या दिन्छ । थकाइ लाग्दा घरको तलमाथि समेत गर्न नसक्ने अवस्थामा अल्झिएको छ अधिकांश वृद्धवृद्धाको जीवन । निरोगी देखिनेहरू पनि थकाइ लागेर हैरान हुन्छु भन्छन् । आखिर किन लाग्छ थकाइ ? थकाई महसुस हुनुमा यी कारणहरू पनि हुनसक्छ:

प्रोटिनको मात्रा न्यून
खानामा प्रोटिनको मात्रा थोरै भयो भने शरीर कमजोर हुनुका साथै थकाई महसुस हुन्छ । महिला र पुरुषलाई प्रोटिनको मात्रा फरक-फरक भए पनि तौल र शारीरिक गतिविधिमा प्रोटिनको मात्रा निर्भर हुन्छ । प्रोटिन माछा-मासु र गेडागुडीमा प्रशस्त पाइन्छ।

पोटासको कमी
पोटास यस्तो खनिज हो जसले तपाईँको शरीरको कोषलाई पूर्ण रूपमा काम गर्न सहयोग पुर्‍याउँछ । त्यस्तै पोटासले मांसपेशीलाई बलियो बनाउँछ । केरा, बेरी, एभोकाडो र गाजरबाट पर्याप्त पोटास पाइन्छ ।

अत्यधिक सुत्नु
त्यसो त शरीरलाई आवश्यक उर्जाको लागि पर्याप्त सुत्न विज्ञहरूले सुझाव दिए पनि अत्यधिक बढी सुत्दा शरीर आलस्य र कमजोर महसुस हुन्छ । अत्यधिक सुत्दा शरीरमा साइड इफेक्ट पनि हुन्छ । बढी निन्द्राले डायबिटिज, मोटोपन, मुटुको रोग र मृत्यु समेत हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

शाकाहारी भोजन
भिटामिन बी १२ ले शरीरलाई आवश्यक पर्ने मेटाबोलिजम र उर्जा प्रदान गर्छ । मासु र अन्डामा यो भिटामिन पाइन्छ । बी १२ को कमीले शरीर कमजोर र आलस्य हुन्छ । त्यसैले शाकाहारी मानिसले भिटामिन बी १२ पाइने अन्य खाना खानु पर्छ ।

डिहाईड्रेसन
पर्याप्त पानी नपिउँदा पनि निकै अल्छी र कमजोर अनुभूति हुन्छ । मझौला खालको डिहाईड्रेसनले पनि उर्जाको तह, मुड, स्पष्ट सोच्ने क्षमतामा असर गर्छ। त्यसैले पानी पर्याप्त मात्रामा पिउनु पर्छ ।

डिप्रेसन र चिन्ता
डिप्रेसनले मानिसलाई मस्तिष्कदेखि नै कमजोर बनाउँछ । चिन्ताले हृदय र मुटुको चाल बढाउने र डिप्रेसनले मुड अस्थिर बनाउने भएकोले यस्ता रोगी शारीरिक र मानसिक रूपमा कमजोर हुन्छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एमसीसी नेपालको हितमा छ, पारित गरौँ : प्रधान मन्त्री
पछिल्लो समाचार →
महानायक हमाल र निरुताको ‘हजुर मुसुक्कै’ युट्युब ट्रेन्डिङमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *