Latest News
Kathmandu

महानायक हमाल र निरुताको ‘हजुर मुसुक्कै’ युट्युब ट्रेन्डिङमा

महानायक हमाल र निरुताको ‘हजुर मुसुक्कै’ युट्युब ट्रेन्डिङमा

महानायक राजेश हमाल र नायिका निरुता सिंहले १२ वर्ष पछि सहकार्य गरेको म्युजिक भिडियो अभिनीत ‘हजुर मुसुक्कै’ युट्युब ट्रेन्डिङमा परेको छ l गत आइतबार रिलिज गरीको गीतले युट्युब ट्रेन्डिङको तेश्रो स्थान ओगटेको हो l ओएस् आर बाट रिलिज गरिएको भिडियोलाई हाल सम्म ५ लाख माथि दर्शकले हेरेका छन् भने भिडियोलाई कमेन्ट सकारात्मक प्रतिक्रियाको ओइरो आएको छ l

सुरेश अधिकारीको संगीत एंव शब्द रहेको गीतमा गायिका रचना रिमाल र गायक कृष्ण बिकको स्वर छ । १५ मिनेट लामो गीति कथा बोकेको भिडियोमा जिवी आग्रीको कथा, पटकथा एवं निर्देशन छ । छायाँकन सञ्जय लामा र नृत्य निर्देशन कविराज गहतराजको छ । निकै नै आकर्षक बनेको ‘हजुर मुसुक्कै’ गीतको भिडियोमा राजेश हमाल र निरुता सिंहसँगै प्रिन्स विश्वकर्मा, प्रियना आचार्य, सुरविर पण्डित लगायत अन्य कलाकारहरूको अभिनय छ । राजेश हमाल र निरुता सिंहले १२ वर्षपछि एकसाथ काम गरेका हुन् ।

 

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
धेरै थकाई लाग्ने ६ कारण
पछिल्लो समाचार →
राजकुमार ह्यारीले बनाएको विद्यालयमा चउरमै पढाइ !

Leave a Comment

Your email address will not be published. Required fields are marked *