Latest News
Kathmandu

१५ वर्षपछि पक्राउ

१५ वर्षपछि पक्राउ

सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालयले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी फरार रहेका विनोद दुलाललाई पक्राउ गरेको छ ।

उनी गत माघ २८ गते १५ वर्षपछि साँगाचोक बजारबाट पक्राउ परेका हुन् । प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार २०६३ साल वैशाख १९ गते साविक ठूलो सिरुवारी-१, हाल चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित सल्लाघारी जङ्गलमा नाबालिका छोरीलाई बलात्कार गरी दुलाल फरार भएका थिए ।

जिल्ला अदालतको सोमबारको आदेशले पुर्पक्षको लागि उनीलाई जिल्ला कारागार चौतारा चलान गरिएको प्रहरीले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
क्यासिनोले धमाधम तिर्दैछन् रोयल्टी, ७ महिनामा साढे ७५ करोड असुली
पछिल्लो समाचार →
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना

Leave a Comment

Your email address will not be published. Required fields are marked *