Latest News
Kathmandu

विश्वकपका लागि यूएईविरुद्धको निर्णायक खेलमा नेपालको सम्भावना कति ?

विश्वकपका लागि यूएईविरुद्धको निर्णायक खेलमा नेपालको सम्भावना कति ?

काठमाडौं । एक खेल जिते विश्वकपमा । अनि हारे ? हारे विश्वकपबाट धेरै टाढा । फेरि नेपाल कहिले विश्वकपमा पुग्छ भन्न सकिन्न ।

प्रसंग हो ओमानमा जारी आईसीसी टी-२० विश्वकप क्वालिफायरको । जहाँ नेपालले आज यूनाइटेड अरब इमिरेट्स (यूएई)सँग महत्वपूर्ण खेल खेल्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज यूएईसँग आज अपराह्न पौने चार बजे त्यस्तो खेल खेल्दैछ जुन खेल जितेमा नेपाल अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा स्थान बनाउने छ । यदि पराजित भएमा नेपालले विश्वकप पुग्नका लागि अझै केही वर्ष पर्खनु पर्नेछ ।

नेपालले ग्लोबल क्वालिफायर-‘ए’को समूह ‘बी’मा अहिलेसम्म तीन खेल खेल्दा शतप्रतिशत जितसहित सेमिफाइनलमा स्थान बनाएको हो । सेमिफाइनल पुग्न यी तीन खेल जति महत्वपूर्ण थिए त्योभन्दा महत्वपूर्ण खेल नेपालका लागि यूएईविरुद्ध हुनेछ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
चिनियाँ नागरिक ३६ जना पक्राउ मध्यबानेश्वरबाट
पछिल्लो समाचार →
नेपाल बारको निर्वाचन तालिका प्रकाशित, आज मतदाता नामावली सार्वजनिक

Leave a Comment

Your email address will not be published. Required fields are marked *