Latest News
Kathmandu

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा९माआवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्रीले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता प्रतिनिधिसभामा छलफल प्रारम्भ हुन लागेकाले सहयोग गर्न अध्यक्ष दाहाललाई आग्रह गरेका थिए ।

छलफलमा प्रधानमन्त्रीले एमसिसी सम्झौता पारित गर्न सहयोग गर्न अध्यक्ष दाहाललाई आग्रह गरेकाे प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसँग छलफल गरेलगत्तै अध्यक्ष दाहाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

सिंहदरबारको छलफलमा प्रतिनिधिसभामा आजदेखि सुरु हुन लागेको एमसिसी सम्झौताका सन्दर्भमा कसरी अगाडि बढ्ने भन्नेबारेमा विचारविमर्श भएको बताइएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा एमसिसी सम्झौताबारे सैद्धान्तिक छलफल हुने कार्यसूची तय भएको छ । -रासस

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आमा बनेपछि प्रियंका पहिलोपटक फिल्मी कार्यक्रममा
पछिल्लो समाचार →
मदन गुप्ता र राजु थापाहरुले तस्करी गरेर ल्याएको ४ ट्रक कपडा प्रहरी नियन्त्रणमा !

Leave a Comment

Your email address will not be published. Required fields are marked *