Latest News
Kathmandu

मदन गुप्ता र राजु थापाहरुले तस्करी गरेर ल्याएको ४ ट्रक कपडा प्रहरी नियन्त्रणमा !

मदन गुप्ता र राजु थापाहरुले तस्करी गरेर ल्याएको ४ ट्रक कपडा प्रहरी नियन्त्रणमा !

काठमाडौं । ईलाका प्रहरी कार्यालय खैरहनी चितवनले भंसार छली गरेर ल्याइएको चार वटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ ।

बीरगन्ज नाका हुँदै भन्सार छली गरेर काठमाडौंका लागि ल्याइएको उक्त ट्रकहरुमा करोडौँ मुल्य बराबरको कपडा तथा मालबस्तु रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख इन्सपेक्टर सुवास भट्टका अनुसार आज विहानै ती गाडीहरु नियन्त्रणमा लिइएको हो ।

स्रोतका अनुसार ती गाडीहरु तस्करको बादसाह भनेर चिनिने मदन कुमार गुप्ता र राजु थापा लगायत व्यक्तिहरुको हो । मंगलबार पनि राजश्व अनुसन्धान विभागले गुप्ताले तस्करी गरेर ल्याएको ट्रक नियन्त्रणमा लिएको थियो ।

तर, बुधबार नै राजश्व अनुसन्धान विभागका डिजी प्रकाश पौडेलको सेटिङमा ती गाडीहरु छाडिएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता
पछिल्लो समाचार →
कुलमान घिसिङकी पत्नि राप्रपा धादिङको उपाध्यक्ष निर्वाचित

Leave a Comment

Your email address will not be published. Required fields are marked *